काठमाडौं । नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडले आफ्नो बाह्रौं बार्षिक उत्सवको उपलक्ष्यमा शेयर बजारमा प्रवेश गर्न चाहने लगानीकर्ताहरुलाई लक्षित गरि एक वर्षको लागि लगानी व्यवस्थापन सेवा प्राप्त गरे वापत लाग्ने बार्षिक शुल्कमा पूर्णरुपमा छुट गरिने जनाएको छ । संचालनको बाह्र वर्ष पूरा गरि तेह्रौं वर्षमा प्रवेश गर्दै गर्दा विगतका दिनहरुमा जस्तै आगामी दिनहरुमा पनि आफ्ना ग्राहकहरुलाई उत्कृष्ट सेवा प्रदान गर्दै उनीहरुको लगानीको उचित व्यवस्थापन गरिने जनाएको छ ।
लगानीकर्ताहरुको लगानीको उचित व्यवस्थापन गरि लगानीकर्ताहरुलाई उच्चदरमा प्रतिफल प्रदान गर्ने उद्देश्यले कम्पनीले दक्ष तथा अनुभवि बजार विश्लेषकहरुको व्यवस्था गरेको छ । जसले गर्दा आफ्नो व्यस्तताका कारण आफ्नो लगानीको उचित व्यवस्थापन गर्न नसक्नु भएको लगानीकर्ताहरु तथा शेयर बजार सम्बन्धि उचित जानकारी हासिल गर्न नसक्नु भएका लगानीकर्ताहरुले यसबाट पहिलो बाह्र महिनाको लागि बिना कुनै व्यवस्थापन शुल्क यसमा प्रवेश गरि फाइदा लिन सक्नु हुनेछ। यो लगानी व्यवस्थापन सेवामा दक्ष तथा गहन विश्लेषणको आधारमा बजारको उतारचढाबलाई मध्यनजर गरी लगानीकर्ताहरुको लगानीको निर्णय लिईनेछ ।
लगानी गरिएको रकम बाहेक नाफा भएको रकम जुनसुकै बेला लगानीकर्ताले बजारबाट निकाल्न चाहेमा निकाल्न सकिनेछ भने यो सेवामा प्रवेश गर्न चाहने लगानीकर्ताले आफूसँग भएको नगद रकम वा सेयरको मुल्यांकन गराई प्रवेश गर्न सकिनेछ । यो सेवा सर्वसाधारण लगानीकर्ताहरुले मात्र प्राप्त गर्न सक्नेछन्। विगतका दिनहरुमा यस कम्पनीबाट संचालन गरिएको बिभिन्न स्किमहरुबाट पूर्ण फाइदा लिएका लगानीकर्ताहरु तथा नयाँ लगानी गर्न चाहने लगानीकर्ताहरुले सीमित अवधि फाल्गुण १० गतेसम्मका लागि मात्र यो सुविधा दिइने कम्पनीले जनाएको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्