×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेप्सेमा सनराइज बैंक लिमिटेडसहित ४ कम्पनीको बोनस सेयर सूचिकृत, कसको कति ?

PRIME CA

नेप्सेमा सनराइज बैंक लिमिटेडसहित ४ कम्पनीको बोनस सेयर सूचिकृत, कसको कति ?

९ फाल्गुन २०७८, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा विभिन्न ४ वटा कम्पनीको बोनस सेयर सूचिकृत भएको छ । सनराइज बैंक लिमिटेड, नेपाल बङ्गलादेश बैंक लिमिटेड, लक्ष्मी बैंक लिमिटेड र गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको गरी कूल २ करोड ६७ लाख ५८ हजार ५६४.४१ कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको हो ।
नेपाल बङ्गलादेश बैंकको १२ प्रतिशत बोनस सेयर बापतको १ करोड ८ लाख ५ हजार ७८५.४३ कित्ता, सनराइज बैंकको ६.६५ प्रतिशत बोनस सेयर बापतको ६३ लाख ९ हजार ४८३.०९ कित्ता, लक्ष्मी बैंकको ८ प्रतिशत बोनस सेयर बापतको ८५ लाख ५६ हजार ५५१. ८९ कित्ता र गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ५.५००४ प्रतिशत बोनस से यर बापतको १० लाख ८६ हजार ६५४ कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको हो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: