काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले आइपीओ जारी गर्ने भएको छ । संस्थाले बुधबार फागुन ११ गतेदेखि आइपीओ जारी गर्ने भएको हो । संस्थाले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा ८ लाख २८ हजार ७५० कित्ता आइपीओ निष्कासन गर्न लागेको हो । यसमध्ये ४१ हजार ४३७ कित्ता सेयरमा सेयर सामूहिक लगानी कोष र १२ हजार ७५० कित्ता कर्मचारीहरुले आवेदन दिन पाउनेछन् भने ७ लाख ७४ हजार ५६३ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले यसमा फागुन १५ गतेसम्म आवेदन दिन सक्ने भएका छन् । उक्त समयसम्मा आइपीओ बिक्री नभएको खण्डमा भने फागुन २५ गतेसम्म आवेदन दिन सकिने भएको छ । आवेदकहरुले न्यूनतम १० कित्तादेखि अधिकतममा १ हजार कित्ता सम्मका लागि आवेदन दिन सक्नेछन् । कम्पनीले बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटललाइ नियुक्त गरेको छ ।
नेष्डो समृद्ध लघुवित्तलाई रेटिङ एजेन्सी इक्रा नेपालले समयमै वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम जोखिम जनाउने डबल बी रेटिङ दिएको छ । उक्त आईपीओमा लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी–आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै मेरो सेयरमार्फत पनि आवेदन दिन सक्नेछन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्