×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सुगम शहरदेखि दुर्गम बस्तीसम्म एनआईसी एशिया : आफ्नै टोलमा शाखा, आफ्नै गाउँमा सेवा !

काठमाडौँ । तपाईं कमाएको पैसा कहाँ राख्नुहुन्छ ? यो प्रश्नका उत्तर हुन सक्छन्, बैंक, खुत्रुके, खल्ती, पर्स वा दराज । जमाना प्रविधिमैत्री बन्दै गर्दा आजभोलि खल्तीमा पैसा कम, र कार्ड हुने गर्छ अधिकांसको । यतिसम्मकि शहरमा एटिएम कार्ड वा क्रेडिट कार्ड बिलासिताभन्दा बढी आवश्यकता बनिसकेको छ । शहरहरुको यो प्रचलन गाउँ-गाउँसम्म पुग्न थालेको छ । आजकल बैंकको शाखा विस्तारसँगै सहरदेखि दूरदारजसम्मका मानिसहरुको बैंङ्किङ व्यवहारमा परिवर्तन आएको छ ।

गाउँ बस्तीहरुमा पनि बैंकको शाखा पुग्न थालेपछि बचत गरेको पैसा बैंकमा जम्मा गर्नेहरु बढेका छन् । बालबच्चाको पैसा जम्मा गरिदिन बैंक खाता खोल्ने क्रम बढेको छ भने घरव्यवहार सम्हाल्ने गृहिणीहरुसँग पनि एटिएम हुन थालेको छ । यसो त बैंकसँग जोडिएर आउने व्याज र आवश्यक पर्दा कर्जा लिन पाउने सुविधा बैंकले दिएपछि मानिसहरु आकर्षित बनेका छन् । जहाँ पुग्यो त्यही बैंकको शाखा भेटिएपछि नागरिकहरुले बैंकलाई संस्थाभन्दा बढी साथी मान्न थालेका छन् । सम्बन्ध न हो, जो नजिक हुन्छ, उसैसँग चिनाजानी हुन्छ । आवश्यक परेका बेला उ नै सच्चा साथी बन्छ । ऋण सापटी लिंदा उ नै काम लाग्छ । त्यस्तै साथी बनेको छ एनआईसी एशिया बैंक । गाउँ गाउँमा आएको बैंकको शाखाले देशभरका गाउँ-गाउँ, बस्ती-बस्तीमा सेवा पुर्याईरहेको छ । र त शहरमा मात्र होइन गाउँघरमा पनि रोजाईको बैंक बनेको छ-एनआईसी एशिया बैंक ।

हुन पनि बैंकले सुगमदेखि दुर्गमसम्म आफ्ना शाखा सञ्जाल फैलाएको छ । ग्राहकले जुनसुकै समय आफूलाई पायक पर्ने स्थानबाट सेवा लिन पाएका छन् । त्यसैले त यो बैंक मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जालका रुपमा स्थापित भएको छ । बैंकका ग्राहकहरुले चेक हराएमा, एटीएम कार्ड सम्बन्धी कुनै समस्या भएमा र कर्जा लिनुपर्दा शाखाले सहज बनाइदिएको छ । घण्टौं हिडेर बैंक ध्याउनु पर्ने समस्याको समाधान गरिदिएको छ । र त नागरिकहरु बैंक आफ्नै घरछेउ आएको अनुभूति गरिरहेका छन् ।

साखा सञ्जालमा अब्बल एनआईसी एशिया
बैंकको ग्राहक संख्या निजी क्षेत्रका वाणिज्य बैंकहरूको तुलनामा सर्वाधिक उच्च रहेको छ । वित्तीय समावेशीकरणका लागि हालसम्म कुनै पनि बैंक पुग्न नसकेका विभिन्न जिल्लाहरुमा पुगेको यो बैंक स्थानीय बासिन्दाहरुको रोजाइमा परेको छ । जस्तैः मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ । र त बैंकप्रति मानिसहरुको विश्वास र भरोसा बढ्दै गएको छ । ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ मूल नाराका साथ आम जनसमुदायमा केन्द्रित बैंकिङ सेवा प्रदान गर्दै आइरहेको यो बैंकले हालसम्म मुलुकभर ३ सय ५८ वटा शाखा विस्तार गरेको छ । ग्राहकलाई जतिसक्दो छिटो, छरितो र सहज तरिकाले सेवा दिनका लागि शाखा विस्तारको काममा पनि बैंक अघि बढिरहेको छ । कुल जनसंख्याको ८० प्रतिशत भन्दा बढी बसोबास गर्ने ग्रामिण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्नो ७२ प्रतिशत शाखा कार्यालयहरू स्थापना गरेको छ ।

खुत्रुकेदेखि बैंक खातासम्म पैसा पुर्याउने एनआईसी एशिया अव आफ्नै टोलमा !
बच्चाहरुलाई बचत सिकाउँदा खुत्रुकेबाट सिकाउने हाम्रो पूरानो चलन हो । तर यो डिजिटल युगमा यो परम्परालाई बैंकले बदलिदिएको छ । बचत गर्दै जाँदा त्यसबाट ब्याज पनि आउने भएपछी ग्राहकहरु बैंकतर्फ आकर्षित बनेका छन् । एउटा उदाहरण – रुकुमको मुसिकोट नगरपालिकी कमला विकलाई आजभोलि पैसा बचत गर्ने बानी परेको छ । खेतबारीमा उब्जेका तरकारी र अन्नपात बेचेरै पनि उनी हरेक महिना घरमै खुत्रुकेमा पैसा बचत गर्थिन् । नजिकै बैंकका शाखा नहुँदा उनको पैसा खुत्रुकेमै पनि बचत हुन्थ्यो । तर यसमा बचत मात्र हुन्थ्यो । न त समयमा ब्याज आउथ्यो न त उनले चाहेबेला त्यसबाट कर्जा नै निकाल्न पाउँथिन् । तर जब एनआइसी एशियाको नयाँ शाखा मुसिकोटमा खुल्यो त्यसपछि उनी ढुक्क छिन् । ‘पहिले बैंक पुग्न घण्टौं हिड्नुपर्थ्यो । हिड्नकै गाह्रोले पनि बैंकमा खाता नै खोलिएन । अहिले यही बागबजारमा नयाँ शाखा खुलेको छ । मासिक रुपमा बचत गरिरहेको छु’ कमला भन्छिन् । उनीजस्ता थुप्रै दुरदराजका ग्राहकहरुले आयआर्जन गरेको रकम बैंकमा बचत गर्न थालेका छन् । खल्तीमा राख्दा छिट्टै खर्च हुने हुँदा पनि उनीहरु बैंकमा पैसा जम्मा गर्न रुचाउँछन् । बचत मात्र होइन् । कर्जा लिएर व्यवसाय गर्नेहरुका लागि बरदान नै बनेको छ, एनआइसी एशिया बैंक ।

शाखा विस्तारले कर्जा प्रक्रिया सहज, आफ्नै बस्तीमा बैंक आउँदा जीवन झनै सहज !

बैंकले आफ्नो रणनीति अनुसार कर्जा पोर्टफोलियोमा न्यून जोखिम कायम गर्ने उद्देश्यले उद्यम स्तर जोखिम व्यवस्थापन दृष्टिकोण अवलम्बन गर्दै साना तथा मझौला कर्जा र रिटेल कर्जामा लगानी विस्तार गर्ने नीति अंगिकार गरेको छ । जसको फलस्वरुप कोभिड-१९ को जोखिम परिस्थिती र चुनौतिका बावजुद कर्जा असुलीतर्फ पनि निकै उत्साहजनक नतिजा हासिल गर्न सफल भयो । धेरथोर पैसा जम्मा गर्ने र व्यवसायका लागि कर्जा लिनेहरुको संख्या दिनप्रतिदिन बढ्दो छ । सहरमा मात्र होइन । गाउँमा पनि कृषि, पशुपालन, साना तथा मझौला उद्योग खोल्नकै लागि बैंकबाट धेरैले कर्जा लिने गरेका छन् । बैंकले शाखा सञ्जाल फैलाएकै कारण वित्तीय पहुँचबाहिर रहेकाहरु समावेश भएका छन् । त्यति मात्र होइन, बैंकले मानिसहरुलाई आफ्नो बसोबास नजिकैको शाखामा गएर चाहिएजति कर्जा सहजै लिने वातावरण बनाइदिएको छ ।

बैंकले चालू आ.व. २०७८/७९ को दोस्रो त्रैमाससम्ममा कर्जा व्यवसायतर्फ वार्षिक विन्दुगत आधारमा १७ प्रतिशत (रू. ४० अर्ब) ले वृद्धि गरी कुल कर्जा रकम रू. २७३.४६ अर्ब पु¥याउन सफल भएको छ । साथै, निक्षेपतर्फ वार्षिक विन्दुगत आधारमा ८ प्रतिशत (रू. २२.०४ अर्ब) ले वृद्धि गरी कुल निक्षेप संकलन रू. २९९.३४ अर्ब पु¥याउन बैंक सफल भएको छ । बैंकले यस त्रैमासमा खुद मुनाफातर्फ रू. २.४० अर्ब आर्जन गर्न सफल भएको छ । जुन वार्षिक विन्दुगत आधारमा १६.५७ प्रतिशतको वृद्धि हो । यसैगरी बैंकको स्व–पुँजीमा प्रतिफल २१.७७ प्रतिशत रहेको छ, जुन २७ वटै बाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी रहेको अनुमान बैंकले गरेको छ ।
साथै, यस बैंकले वार्षिक प्रतिशेयर आम्दानी रू. ४१.४३ आर्जन गर्न सफल भएको छ, जुन निजी क्षेत्रका अन्य वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी रहेको अनुमान बैंकले गरेको छ । कोभिड–१९ को विषम परिस्थितिमासमेत बैंकले कर्जा असुलीमा निकै उत्साहजनक नतिजा हासिल गर्न सफल भई निष्कृय कर्जालाई दोस्रो त्रैमाससम्ममा ०.४७ प्रतिशतमा सीमित राख्न बैंक सफल भएको छ । बैंकले आ.व. २०७८/७९ को दोस्रो  त्रैमाससम्ममा ५ लाख भन्दा बढी नयाँ खाताहरू थप गर्दै ३३ लाख भन्दा बढी खाताहरू मार्फत ग्राहकहरू माझ सेवा प्रदान गर्दै आइरहेको छ । यसै त्रैमाससम्ममा बैंकले कुल कर्जा लगानीको अंशमा करिब ८८ प्रतिशत साना तथा मझौला र रिटेल प्रकारका रणनीतिक क्षेत्रहरूमा कर्जा विस्तार गरेको छ । साना तथा मझौला कर्जा लगानीमा मुलुकका अन्य वाणिज्य बैंकहरू भन्दा यस बैंक अग्रणी स्थानमा रहेको बैंकको अनुमान रहेको छ ।
बैंकिङ क्षेत्रको विभिन्न वित्तीय तथा गैरवित्तीय सूचकांकहरूमा अग्रणी स्थानमा रहेको यस बैंक आ.व. २०७८/७९ को प्रथम  त्रैमासमा वासलातको आकार, कर्जा, निक्षेप, सञ्चालन मुनाफा (कर्जा नोक्सानी व्यवस्था पछिको), खुद नाफा, स्व–पूँजीमा प्रतिफल, प्रति शेयर आम्दानी, शाखा कार्यालय, एटिएम र ग्राहक संख्यामा मुलुकका अन्य वाणिज्य बैंकहरूमध्ये पहिलो स्थान (प्रतिशेयर आम्दानी र ग्राहक संख्यामा निजी बैंकहरूमा पहिलो) ओगट्न सफल भएको थियो ।व्यवसाय विस्तारको ‘खड्को’ र आफ्नै गाउँमा आइपुगेको एनआईसी एशियाको सेवाले मारिदिएको फड्को !

व्यवसायीहरुलाई चिन्ता छ- ‘व्यवसाय सानो छ, कर्जा कसले दिन्छ ?’ यसको सहज उत्तर बनेको छ एनआईसी एशिया बैंक । अझ, डिजिटल फस्टको रणनीति अङ्गीकार गर्दै बैंकले डिजिटल पूर्वाधारहरूमा पर्याप्त लगानी गर्दा बैंकिङ सेवाहरु झन् सहज बनेका छन् । आफ्ना बैंकिङ सेवा तथा सुविधाहरू जुनसुकै स्थानबाट, जुनसुकै समयमा पनि उपभोग गर्न पाएका नागरिकहरु अहिले बैंकले प्रदान गर्ने कर्जा सुविधा र त्यसमा पनि आफ्नै गाउँघरमा सो सेवा आएपछि दङ्ग छन् । नियमनकारी निकायले कुल कर्जा प्रवाहको ५ प्रतिशत कर्जा देशका विपन्न वर्गलाई प्रवाह गर्नुपर्ने व्यवस्था गरेकोमा यस बैंकले गत आ।व। मा कुल कर्जा रकमको ७.४ प्रतिशत अर्थात् करिब रू. २० अर्ब कर्जा प्रवाह गरी सीमान्तकृत जनसंख्याको जीवनस्तर उकास्नको लागि अनुकरणीय तवरले आफ्नो उत्तरदायी भूमिका निर्वाह गरेको छ ।

यस बैंकले सर्वाधिक न्यून ब्याजदर तथा प्रशासनिक शुल्कमा सुपर चमत्कारिक कर्जा योजनाहरू(सुपर चमत्कारिक घर कर्जा, सुपर चमत्कारिक सवारी कर्जा र सुपर चमत्कारिक व्यवसाय कर्जा)  ग्राहक महानुभावहरूमाझ ल्याएको सर्वविदितै छ । बैंकले बैंकिङ इतिहासमै पहिलो पटक सुपर चमत्कारिक कर्जाबाट कर्जाको ब्याज तथा किस्ता रकममा प्राप्त गर्न सकिने मासिक तथा वार्षिक फाइदाहरूको विस्तृत विवरण बैंकको वेबसाइटमा रहेको ‘लोन बेनिफिट क्यालकुलेट’ बाट हेर्न सकिने व्यवस्था गरेको छ ।

घरमै बसेर बैंकिङ !

कोरोना संक्रमणको त्रासले बैंकसम्म पुग्न कठिन भइरहेको स्थितिमा बैंकले अझ सशक्त बनाएको बैंकिङ सुविधाले ग्राहकको धेरै समयको बचत गरेको छ । भाौतिक रुपमा उपस्थित भएर फाराम भर्नुपर्ने झन्झन्टपनाबाट मुक्ति दिलाउन बैंकले अनलाईनबाटै सबै सुविधाहरु दिइरहेको छ । बैंकले कोरोना लकडाउनको समयदेखि आफ्ना ग्राहकहरुलाई ‘अनलाईन कर्जा आवेदन प्रणाली’ को व्यवस्था समेत गरेको छ । बैंकले ग्राहकमैत्री एवं सुरक्षित रुपले ‘कर्जा एप्लिेकसन’ मार्फत अनलाइन कर्जा आवेदन प्रणालीको व्यवस्था गरेको छ ।

यसका लागि न त तपाई बैंकको मुख्य कार्यालयमा पुग्नुपर्छ न त शाखा कार्यालयमा । बैंकमार्फत कर्जा लिनका लागि यसरी आवेदन दिनुहोस् । जुनसुकै स्थानबाट जुनसुकै समयमा आफुले इच्छाएको कर्जाको आवेदन दिन सक्नुहुन्छ । तपाईलाई यो अवसर एनआइसि एशियाले दिएको छ । ग्राहकले लिन सक्ने कर्जाको सीमा तथा आयस्रोतअनुसार कर्जा लिन सक्नेछन् । अनलाइनमा अलि जानिएन, शाखामै पुग्छु भन्दा शाखा आफ्नै घर नजिक भएकाले एनआइसी एशिया बैंकका ग्राहकलाई कुनै समस्या नै भएन ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: