×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

एनआईसी एशिया सर्वश्रेष्ठ बचत : ५ बर्षसम्म सित्तैमा पाइने सेवा के-के छन् ?

काठमाडौँ । बैंकिङ सुरुवातको पहिलो खुड्किलो हो खाता खोल्नु । आम नागरिकको दैनिकीमा नभई नहुने बैंक खाता पनि कहाँ खोले बढी फाइदा हुन्छ भन्ने तथ्य हर कोहिले सोच्ने नै भयो । अहिले ग्राहकहरु यस्तो बैंकको खोजीमा छन् जहाँ खाता खोलेपछि कुनै झन्झट नहोस् । अझ एउटा खातामै विभिन्न खालका सुविधा भएको भए थप दैनिकी सहजसमेत हुन्छ भने आर्थिक रुपमा पनि कम खर्चिलो हुन्छ । तर धेरै ग्राहकहरुलाई आफुले खोल्दै गरेको खातामा के के सुविधा छन् भन्नेसमेत थाहा हुँदैन । अझ खाता एउटामा खोल्यो, र त्यसपछि समयअनुसार आफुलाई चाहिने अरु बैंकिङ गतिविधिमा पनि पैसा तिर्नुपर्ने धेरैको बाध्यता छ । त्यहि बाध्यता बुझेर एनआईसी एशिया बैंकले सर्वश्रेष्ठ बचत खाता ल्याएको छ, जसमा ग्राहकले विभिन्न २४ वटा फाइदा पाउने छन् । अव धेरै भूमिका नबाँधिकन हेरौं एनआईसी एशिया बैंकको सर्वश्रेष्ठ खातामा के के सुविधा छन् त ।
१. आइपीएस / सीपीएस / फण्ड ट्रान्सफर ५ बर्ष नि:शुल्क
केहि रुपैयाँ नै सहि, बचत गरे फाइदा नै हुन्छ । आइपीएस / सीपीएस / फण्ड ट्रान्सफरमा पनि केहि रकम अहिले ग्राहकले खर्चिनुपर्छ । उदाहरणका लागि कनेक्ट आइपीएसबाट रकम ट्रान्सफर गर्दा रकम हेरेर २ देखि ८ रुपैयाँ प्रति कारोबार तिर्नुपर्छ । तर एनआइसी एशिया बैंकले ल्याएको सर्वश्रेष्ठ बचत खातामा यी सुविधा ५ वर्षका लागि नि:शुल्क छ । अन्य धेरै बैंकमा तिर्नुपर्ने यससम्बन्धि अतिरिक्त शुल्क एनआईसी एशिया बैंकमा तिर्नुपर्दैन ।
 २. आरटिजीएस ५ बर्षसम्म नि:शुल्क
कहिलेकाहीं अर्जेन्ट कारोबार गर्नुपर्दा आरटिजीएस सेवा लिनुपर्छ । आरटिजीएस भनेको रियल टाइम ग्रास सेटलमेन्ट सिष्टम हो । एउटा बैंकबाट अर्को बैंकबीच हुने यस्तो कारोबारमा धेरै बैंकले निश्चित शुल्क लिन्छन् । तर एनआइसी एशिया बैंकमा सर्वश्रेष्ठ बचत खाता खोल्ने ग्राहकले यो सेवा ५ बर्षसम्मका लागि नि: शुल्क पाउनेछन् । यहाँबाट पनि केहि रकम ग्राहकको बचत हुन्छ ।
 ३. डीम्याट / मेरो सेयर : ५ बर्ष नि:शुल्क
एनआइसी एशिया बैंकमा सर्वश्रेष्ठ खाता खोल्ने ग्राहकहरुले डिम्याट खाता पनि ५ बर्षसम्म नवीकरण गर्दा पैसा तिर्नुपर्दैन। पछिल्लो समय सेयर बजारमा लगानी गर्न इच्छुकहरुका लागि र त्यसमा पनि सुरुवाती लगानीकर्ताहरुका लागि यो गज्जबको अफर हो ।
४. प्रिपेड डलर कार्ड ५ बर्ष नि:शुल्क
विदेशमा रकम भुक्तानी गर्नका लागि धेरैलाई आवश्यक हुन्छ प्रिपेड डलर कार्ड । त्यसमा पनि प्रविधिसँग काम गर्नेहरुका लागि त आजका दिनमा प्रिपेड डलर कार्ड रहर भन्दा पनि बाध्यताझैं भईसकेको छ । तर थोरै रकम तिर्नुपर्दा पनि तिर्नुपर्ने चार्ज धेरैलाई महँगो लागिरहेको अवस्थामा एनआइसी एशिया बैंकले भने यो सेवा ५ बर्षका लागि नि:शुल्क प्रदान गर्ने भएको छ ।
५. इन्टरनेट बैंकिङ ५ बर्ष नि:शुल्क
एनआईसी एशिया बैंकले ५ बर्षसम्म इन्टरनेट बैंकिङ पनि नि:शुल्क दिन्छ सर्वश्रेष्ठ बचत खाताका ग्राहकहरुलाई । अरु बैंकमा यो सेवाको पनि छुट्टै पैसातिर्नुपर्छ । अहिलेको अवस्थामा इन्टरनेट बैंकिङ पनि आवश्यकता नै बनिसकेको छ । यसका अलागी किन्न छुट्टै पैसा तिर्ने ? जवकी एनआइसी एशिया बैंकमा सर्वश्रेष्ठ बचत खाता खोल्दा यो सेवा ५ बर्षका लागि नि:शुल्क लिन पाइन्छ ।
६. मोबाइल बैंकिङ ५ बर्ष नि:शुल्क
एनआइसी एशिया बैंकमा सर्वश्रेष्ठ बचत खाता खोल्ने ग्राहकहरुले मोबाइल बैंकिङ पनि ५ बर्ष नि:शुल्क पाउँछन् । अरु बैंकहरुमा यो सेवामा निश्चित रकम तोकिएको छ। धेरै ग्राहकहरुले मोबाइल बैंकिङ फ्री हुनुपर्ने माग उठाईरहेका बेला एनआईसी एशिया बैंकले यो सुविधा सर्वश्रेष्ठ बचत खातामा ल्याएको छ ।
७. डेबिट कार्ड / एटिएम ५ बर्ष निशुल्क
ग्राहकहरुले अहिले डेबिट कार्ड बापतको शुल्क विभिन्न बैंकमा महँगो भयो भन्ने गुनासो गरिरहेका छन्। तर एनआइसी एशिया बैंकमा खाता खोल्नेहरुलाई यो कार्ड ५ बर्षसम्म बैंकले सित्तैमा नवीकरण गरिदिन्छ । ५ बर्षसम्म नि:शुल्क नवीकरण गर्दा ग्राहकको राम्रै रकम बचत हुन्छ ।
८. लकर दस्तुर ५ बर्ष निशुल्क
सुरक्षाका लागि हामीमध्ये धेरैले बैंकको लकरको सुविधा लिन्छौं । त्यसवापत पनि अन्य बैंकहरुले बैंक हेरेर निश्चित रकम तोकेका छन्। तर एनआइसी एशिया बैंकले ५ बर्षसम्म यो सुविधा निशुल्क दिएको छ । सामानको सुरक्षा पनि भयो, पैसा पनि लागेन। भएन त गज्जब ?
९. पोर्टफोलियो मेनेजमेन्ट : ५ बर्ष ५० प्रतिशत छुट
पोर्टफोलियो मेनेजमेन्ट गर्दा बैंकले ५ बर्षसम्म ५० प्रतिशत छुट पाउनेछन्, सर्वश्रेष्ठ खाताका ग्राहकहरुले । पछिल्लो समय पोर्टफोलियो मेनेजमेन्ट धेरैका लागि आवश्यकता बनिसकेको छ। यो सुविधामा पनि छुट दिने मामलामा एनआईसी एशिया बैंक धेरै अगाडी देखिएको छ । यसले त ग्राहकको झन् ठुलो रकम बचत गरैदिन्छ ।
१०. इ कमर्श : निशुल्क सूचारु, ५ बर्षसम्म नि:शुल्क
इकमर्शको मामलामा कतिपय बैंकहरुले सूचारु नि:शुल्क गरे पनि त्यसपछि शुल्क लिने गरेका छन्। कतिपय बैंकले दुवै काममा रकम लिने गरेका छन् । तर एनआइसी एशिया बैंकले यो सेवा पनि सर्वश्रेष्ठ बचत खाता खोल्नेहरुका लागि नि:शुल्क उपलब्ध गराईरहेको छ ।
 
११.विदेशी मुद्रा सटही : २५ पैसा प्रिमियम वा रिबेट
यो सुविधा दिने बैंकमा पनि एनआईसी एशिया बैंक निकै अगाडी छ। विदेशी मुद्रा सटही गर्नुपर्ने ग्राहकहरुका लागि यसकारण पनि एनआईसी एशिया बैंक पहिलो रोजाई बन्न सफल भएको छ । यो सुविधाबाट डलर सटही गर्ने धेरै ग्राहक लाभान्वित हुनेछन् र भईपनि रहेका छन्।
१२. स्वीप इन स्वीप आउटमा सुविधा
यो सेवामा बैंकले खातामा २ लाख भन्दा बढी भएमा उक्त बढी रकमलाई १० हजारले गुणान गरी ३ महिनाको मुद्दती निक्षेपमा स्वत: रकमान्तर गरी उच्च ब्याजदर दिन्छ । सर्वश्रेष्ठ बचत खाता खोल्नेहरुका लागि यो अर्को सर्वश्रेष्ठ सुविधा हो । यस सुविधामा बचत खातामा भन्दा ४३ प्रतिशत बढी आम्दानी प्राप्त गर्न सकिनेछ ।
१३. क्रेडिट कार्डमा सुविधै सुविधा
क्रेडिट कार्ड पनि अहिले धेरैका लागि आवश्यकता बनिसकेको छ । यो सेवा लिंदा एनआइसी एशिया बैंकले कार्ड जारी गर्दा कुनै पनि रकम लिंदैन। बार्षिक कार्ड नवीकरण शुल्क पनि ५ बर्षसम्म निशुल्क छ। ५ लाख सम्मको कार्ड सिमा दिएको बैंकको यो सुविधामा ग्राहकले धेरै मज्जाको फाइदा लिन सक्छन्।
१४. रू. ८४ लाखसम्मको बीमा सुविधा
ग्राहकलाई अधिकतम बीमा फाइदा उपलब्ध गराउनका लागि बैंकले सर्वश्रेष्ठ बचत खाता योजनाको ‘गुडविल एम्बेसडर’ श्रेणीको खातावालालाई कुल रू. ८४ लाखसम्मको बीमा फाइदा उपलब्ध गराएको छ । बैंकले ल्याएको सर्वश्रेष्ठ बचत खाता योजनाअन्तर्गत एम्बेसडर श्रेणीको खाता खोल्ने ग्राहक एवं निजले मनोनित गरेका ३ व्यक्तिहरूले प्रतिव्यक्ति रू.२१ लाखसम्मको कुल रू. ८४ लाखसम्मको ३ प्रकारका बीमा सुविधा प्राप्त गर्न सक्नेछन् । जसअन्तर्गत खातावालाको दुर्घटनाबाट मृत्यु भएमा वा पूर्ण रुपमा अशक्त भएमा रू.१० लाखसम्मको बीमा सुविधा, १८ घातक रोगहरूको लागि रू. १० लाखसम्मको बीमा सुविधा र रू. १ लाखसम्मको औषधी उपचार बीमा सुविधा पाइन्छ । औषधी उपचार बीमा अन्तर्गत बैंकले आफ्ना ग्राहक महानुभावहरूलाई अझ विशेष सुविधा दिने उद्देश्यले बहिरंग (OPD) उपचारमा रू. २० हजारसम्म र अस्पताल भर्ना वापत रू. ८० हजारसम्मको बीमा सुविधा प्रदान गर्नेछ । बीमा सुविधाहरू बैंकले नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडसँगको सहकार्यमा खातावाललाई प्रदान गर्ने हो । यस निक्षेप योजना अनुरुप खातावालाबाट मनोनयन गरिएको व्यक्तिले बीमा फाइदा उपभोग गर्नको लागि यस बैंकमा बचत खाता अनिवार्य रुपमा खोल्न पर्ने हुनेछ र यस्तो बचत खाता शून्य मौज्दातमै खोल्न सकिने व्यवस्था गरिएको छ । उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आएको यस बैंकले २० चैत्र २०७५ देखि खातावालालाई बचतसँगै बीमा सुविधा उपलब्ध गराउने उद्देश्यअनुरुप हालसम्म देशभरका ६८३ जना भन्दा बढी ग्राहक महानुभावहरूलाई बीमा वापत रू.३ करोड ९७ लाख भन्दा बढी रकम सहज रुपमा भुक्तानी गरिसकेको छ ।
१५. कुनै पनि बैंकको एटिएमबाट रकम झिक्दा पैसा लाग्दैन
केहि समय अगाडी नेपाल राष्ट्र बैंकले कोरोनाका समयमा यो सुविधा ल्याउँदा ग्राहकहरुले यसलाई निकै स्वागत गरेका थिए। पछी यो सुविधा सबैजसो बैंकले हटाए। तर एनआईसी एशिया बैंकका ग्राहकहरुले यो सेवा सर्वश्रेष्ठ बचत खाता अन्तर्गत नि:शुल्क दिएको छ । यसले अरु बैंकको एटिएम प्रयोग गर्दा महँगो शुल्क तिर्नुपर्ने बाध्यताको अन्त्य गरेको छ ।
१६. उच्चतम ब्याजदर :
बैंकले ल्याएको सर्वश्रेष्ठ बचत योजनाअन्तर्गत गुडविल एम्बेसडर (Goodwill Ambassador), प्राइड (Pride) र पार्टनर (Partner) गरी तीन श्रेणीका सर्वश्रेष्ठ बचत खाता योजनाहरू मध्ये कुनै पनि खाता खोल्न सक्ने व्यवस्था गरिएको छ । यो योजनाअन्तर्गतका खाताहरूमा वार्षिक ७.०५ % ब्याजदर प्राप्त हुन्छ भने भने गुडविल एम्बेसडर श्रेणीको बचत खाताहरूमा थप सुविधाहरूसमेत प्राप्त गर्न सकिन्छ ।
अन्य थप सुविधा र खाताका प्रकार
सर्वश्रेष्ठ बचत खाता योजना अन्तर्गत ५५ वर्ष पुगेका ग्राहकहरुले सर्वश्रेष्ठ ज्येष्ठ नागरिक बचत खाता खोली पेन्सनको आधारमा कर्जा सुविधा र होम बैंकिङ्ग सुविधा समेत प्राप्त गर्न सक्नेछन् । त्यसैगरी सन्तानको उज्वल भविष्यका लागि आमाबुवाले आफ्ना छोराछोरीका नाममा सर्वश्रेष्ठ बाबु नानी बचत खाता खोल्न सकिने व्यवस्था गरिएको छ । सर्वश्रेष्ठ बचत योजना अन्तर्गत माथि उल्लेखित बाहेक सर्वश्रेष्ठ नारी बचत खाता, सर्वश्रेष्ठ तलब बचत खाता, सर्वश्रेष्ठ सहज बचत खाता, सर्वश्रेष्ठ विद्यार्थी बचत खाता, सर्वश्रेष्ठ स्वरोजगार बचत खाता र सर्वश्रेष्ठ मासिक निक्षेप खाता रहेका छन् ।
सर्वश्रेष्ठ बचत खातासँगै ३ महिनादेखि १० वर्षसम्मको सर्वश्रेष्ठ मुद्दती निक्षेप योजना समेत रहेको छ जसमा वार्षिक १०.०५% सम्मको आकर्षक ब्याजदर सुविधा प्रदान गरिएको छ । साथै सर्वश्रेष्ठ मासिक निक्षेप खाता अन्तर्गत एन आई सी एशिया बैंकका ग्राहक महानुभावहरूले जम्मा गरेको रकममा १०.०५ % सम्मको ब्याजदर प्राप्त गर्ने गरी मासिक निक्षेप खातामा रकम स्थानान्तरण गर्न सकिने व्यवस्था गरिएको छ । ग्राहकले आफ्नो बचत खाताबाट हरेक महिना कति रकम मासिक निक्षेप खातामा स्थानान्तरण गर्ने भन्ने जानकारी बैंकको शाखामा गएर निर्देशन दिनु पर्ने र स्थानान्तरण गरिने रकम रू ५०० का दरले गुणन गरेर हुन आउने रकम (जस्तै रू. ५००, रू. १०००, रू. १५०० आदिको अनुपातमा) तय गर्नुपर्ने व्यवस्था गरिएको छ ।
मासिक निक्षेप खाता ३ महिनादेखि १० वर्षसम्मको लागि खोल्न सकिने साथै ग्राहक महानुभावहरूले चाहेको समयमा आफैले मोबाइल बैंकिङ्ग वा इन्टरनेट बैंकिङ्ग प्रयोग गरी थप रकम मासिक निक्षेप खातामा जम्मा गर्न सकिने व्यवस्था गरिएको छ ।
कसरी खोल्ने खाता ?
बैंकले ल्याएको यस सर्वश्रेष्ठ बचत खाताहरूमा उपलब्ध फाइदा सम्बन्धी विस्तृत जानकारीका लागि यस बैंकको नजिकको शाखा कार्यालयमा सम्पर्क गर्न सकिन्छ । वा मोबाइलको मेसेज बक्समा एसबी टाइप गरी ३४८८ मा एसएमएस गरी पनि खाताबारे थप विवरण लिन सकिन्छ । अनलाइनमै बसेर सहज रुपमा यो पनि खाता खोल्न सकिन्छ । बैंकले देशभर ३५८ शाखा, ४७३ एटिएम, ७० वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । यसले पनि देशका कुनै पनि कुनामा रहेर एनआईसी एशिया बैंकको सेवा लिन सकिन्छ।
अन्त्यमा,
डेबिट कार्डदेखि क्रेडिट कार्डसम्म निशुल्क । डलर कार्डदेखि मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङसम्म सबै नि:शुल्क । न डिम्याट नवीकरणको झन्झट, न मेरो सेयर नवीकरणको झन्झट । त्यसमा पनि थप सुविधै सुविधा । यति भएछि अव किन लिने द्विविधा ?
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: