×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

मिसन ‘पावरफुल एचआर टिम’ : ‘बैंकिङ’का लागि मात्र होइन ‘बैंकर’का लागि पनि नम्बर १ एनआईसी एशिया !

‘एक्लै सफलता पाउने त तपस्या हो । काममा सफल हुन त गतिलो टिमको विकल्प छैन। ‘
एक विद्वानले भनेको यहि भनाईले पनि टिमवर्क कति महत्वपूर्ण छ भन्ने देखाउँछ । त्यसमा पनि सामुहिक काम गर्न एक एक व्यक्तिको कति ठुलो र महत्वपूर्ण भूमिका हुन्छ भन्ने तथ्यबारे धेरै बोलिरहनै पर्दैन ।
आज बैंकिङ क्षेत्रमा एनआईसी एशिया बैंक अधिकांश तथ्यमा नम्बर १ छ । ग्राहकले पाउने सुविधादेखि नाफामा पनि बैंक अग्रमोर्चामा छ । केहि समय अगाडी निकै गतिलो रफ्तार बोकेर अगाडी बढेको बैंकको रफ्तार अझै रोकिएको छैन । ‘जहाँ हजार, त्यहाँ बजार’ भनेझैं दर्जनौं बैंकहरुको भीडमा बैंकले ग्राहकलाई दिने सेवा सुविधाको मामलामा सबैसँग खुलेर प्रतिष्पर्धा गरिरहेको छ । जसका कारण ग्राहकहरुले निकै धेरै सुविधा पाईरहेका छन् । अहिले बैंकको सीइओमा चार्टड एकाउन्टेन्ट रोशन न्यौपाने छन् । उनको भिजन र मिसनले बैंकलाई नयाँ लय दिएको छ । तर बैंकको यो सफलताको कारण न्यौपानेसँगै उनको सिंगो टिम पनि हो । जो एनआइसी एशिया बैंकलाई आजको सफलतासम्म ल्याईपुर्याउन रातदिन खटेका छन् ।
मिसन पावरफुल एचआर !
एनआईसी एशिया बैंक पावरफुल एचआर अर्थात मानव स्रोतको पावरफुल टिम बनाउन लागिपरेको छ । अहिले भईरहेको टिम पनि यसै पावरफुल छ । र पनि राम्रालाई राखीरहन बैंकले अनेक सुविधाहरु आफ्ना कर्मचारीहरुलाई प्रदान गरिरहेको छ । बैंकको जागिर यसै पनि राम्रो जागिरका रुपमा लिइने गरिन्छ । तर धेरै ठाउँमा चर्चा हुन्छ- बैंकमा काम गर्नेले काम बढी गर्नुपर्छ र सो अनुसारको सुविधा हुँदैन । तर यो भ्रमलाई चिर्दै एनआईसी एशिया बैंकले भने आफ्ना कर्मचारीहरुलाई सुविधै सुविधा दिएको छ । अझ पछिल्लो समय बैंकले आफ्ना कर्मचारीहरुलाई दिइने तलव भत्तामासमेत उल्लेखनीय वृद्धि गरेको छ । जसले पावरफुल एचआर बनाउने मामलामा एनआईसी एशिया थप अब्बल बनेको कुरामा कुनै दुईमत छैन ।
यसकारण जागिरका लागि पनि एनआईसी एशिया नै पहिलो रोजाई !
काम गर्नेले खोज्ने भनेको मुख्य ४ कुरा हुन् । पहिलो तलव सुविधा राम्रो हुनुपर्यो । दोश्रो धेरै कुरा सिक्न पनि पाए झन् राम्रो हुन्छ । तेश्रो एक्स्पोजर पाउनुपर्यो । र चौथो काम अनुसारको सम्मान र प्रमोसन हुनुपर्यो । यहि तथ्यलाई बुझेर एनआईसी एशिया बैंकले आफ्ना कर्मचारीहरुलाई दिइने तलवलाई ‘रिभाईज’ गरी तलव सुविधा वृद्धि गरेको छ । सिक्ने मामलामा एनआईसी एशिया जतिको गतिलो बैंक अर्को नहुने बैंकरहरुको तर्क छ । धेरै ग्राहक भएकाले धेरैथरी एक्सपोजर हुने नै भयो । र चौथो अर्थात काम अनुसारको सम्मान र प्रमोसनको मामलामा त झन् एनआइसी एशिया बैंक उत्कृष्ट नै छ भन्छन् बैंकका कर्मचारी । र त एनआइसी एशियामा काम गरेकाहरुले अरु बैंकमा सजिलै काम गर्न सक्छन् भन्ने विश्वास अन्य बैंकरहरुको पनि छ । एनआइसी एशिया बैंकमा काम गर्ने कर्मचारी खप्न सक्ने र खट्न सक्ने हुने हुनाले यो बैंकमा अनुभव भएकाहरुलाई अन्य बैंकहरुले माथिल्लो तहमासमेत लागिरहेका छन् । यो एनआईसी एशिया बैंकका कर्मचारीले पाएको विश्वास पनि हो । एनआईसी एशिया बैंकले आफ्ना कर्मचारीलाई दिएको यस्तै सुविधाका कारण पनि विभिन्न कारणले यो बैंक छोडेर अन्य बैंकमा काम गर्नेहरुले पनि आजकल एनआईसी एशिया बैंक खुब मिस गर्न थालेको बताउँछन् । कतिपय त यहि कारण यो बैंकमा फर्केरसमेत काम गर्न आएका छन् ।
तलव सुविधामा पनि नम्बर !
एनआईसी एशिया बैंकले आफ्ना कर्मचारीहरुलाई तलव सुविधा पनि निकै राम्रो दिने गरेको छ । तलबमात्र होइन, आकर्षक बोनस, भत्ता, कर्जा, बीमालगायत अन्य सुविधाले एनआईसी एशिया बैंकको जागिर एकातर्फ आकर्षक जागिर बन्न सफल भएको छ भने अर्कोतर्फ बैंकको यो बैंकको जागिर सुरक्षित जागिरको रुपमा पनि लिइएको छ । समयमै तलव, काम अनुसारको तलव सुविधा, समय अनुसारको बोनस, पर्फर्मेन्सअनुसारको प्रमोसन र सम्मानले यो बैंकको जागिरलाई थप परिस्कृत बन्दै जाँदा यहाँका कर्मचारीहरु सन्तुष्ट भएर काम गरिरहेको पाइएको छ । कहिलेकाहीं बजारमा चर्चा हुन्छ- सीइओको तलव कति धेरै हुँदा अन्य कर्मचारीको बैंकमा तलव खासै हुँदैन । तर आफ्ना सबै कर्मचारी उत्तिकै महत्वपूर्ण छन् र त्यसका लागि एनआइसी एशियाले नयाँ कोशेढुंगा स्थापित गर्नुपर्छ भन्ने तथ्यलाई मनन गर्दै एनआइसी एशिया बैंकका कर्मचारीलाई बैंकले उचित तलव सुविधा दिइरहेको छ । बैंकले कर्मचारीको आवश्यकतालाई बुझेर पटक पटक तलव तथा सुविधाहरु वृद्धि गर्दै आएको छ । र यसैअनुसार पछिल्लो समय बैंकले आफ्ना कर्मचारीहरुले पाउँदै आएको तलव सुविधामा ४० प्रतिशतसम्मको बढोत्तरी गरेको छ।
मेहेनतको सम्मान ! काममा प्रोत्साहन !!
एनआईसी एशिया बैंकले कर्मचारीको मेहेनतको सम्मान गर्दै र काममा प्रोत्साहन होस् भन्दै ४० प्रतिशतसम्म तलव सुविधालाई बढोत्तरी गरेको हो । बैंकको सफलतामा सबैभन्दा ठुलो हात कर्मचारीकै भएको तथ्यलाई मनन गर्दै कर्मचारीको निरन्तरको लगावलाई सम्मान गर्दै बैंकले कर्मचारीहरुलाई दिने सुविधाहरु बढाएको बैंकको भनाई छ । यसै पनि एनआइसी एशिया बैंकका कर्मचारीले अरु बैंकरका तुलनामा बढी मेहेनत गरेकै छन् । यहि कारण पनि बैंक आज नम्बर १ बनेको छ । केहि बर्षको छोटो अवधिमा बैंकले यति धेरै प्रगति गरेको छ कि मानौं यो बैंक बैंकको गतिमा नभएर लम्केको हात्तीको गतिमा छ । हरेक सूचकमा देखिएको बैंकको सफलता, बढ्दै गरेका ग्राहक, आक्रामक कर्जा विस्तार र आक्रामक डिपोजिट संकलनमा बैंकले गरेको प्रगति लोभलाग्दो छ । र यी सबै काम गर्न बैंकका एक-एक कर्मचारीको उत्तिकै ठुलो हात छ । डिपोजिट संकलनमा बैंकका कर्मचारीले गरेको मेहेनत उत्तिकै प्रशंसनीय छ । बैंकले गरेको कर्जा विस्तारमा कर्मचारीहरुको सुक्ष्म निगरानी, छिटो र छरितो सुविधा र सुरक्षित बैंकिङले बैंकलाई माथि लैजान थप बढावा दिएको छ । र त थोपा थोपा मिलेर समुन्द्र बन्छ भनेजस्तै एक एक कर्मचारीको मेहेनतले एनआईसी एशिया बैंकलाई थप उर्जाशील र गतिशील बनाएको छ ।
 ‘मेरो टिम नै बैंकको सफलताको राज हो’ : रोशन न्यौपाने
बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन न्यौपाने आफ्नो पावरफुल टिम नै बैंकको सफलताको राज भएको बताउँछन् । ‘बैंकमा काम गर्ने गार्ड दाईदेखि डेपुटी सीइओसम्मको मेहेनतले मलाई थप उर्जा दिएको छ र म सोहि अनुसार काम गर्न सफल भएको छु । बैंकमा धेरै कुरा सोचेर, बुझेर मात्र गर्नुपर्छ। ग्राहकको सन्तुष्टीलाई विशेष ख्याल गर्नुपर्छ । कहींकतै चुकियो भने पनि त्यसको मूल्य ठुलो हुन्छ । त्यसैले पाइला पाइलामा सचेत हुँदै र अघि बढ्दै मेरो टिमले उत्साहप्रद काम गरिरहेको छ। ‘ अर्थ सरोकारसँग कुराकानी गर्दै न्यौपाने भन्छन्- ‘ग्राहकको सन्तुष्टी नै हाम्रो सन्तुष्टी हो । र ग्राहकको त्यहि सन्तुष्टीका लागि हरप्रहर काम गरिरहेका छौं । कर्जा विस्तारदेखि डिपोजिट संकलनसम्म, ग्राहकलाई दिने सेवा सुविधादेखि बैंकलाई डिजिटलाईजेसन तर्फ लैजान हामीले ठुलै मेहेनत गरेका छौं । टिमले गरेको मेहेनतले बैंक आजसम्म यहाँ आइपुगेको छ भने सो टिमलाई सन्तुष्ट बनाउनु पनि बैंकको कर्तव्य हो । त्यसैले काम अनुसारको दाम दिने कुरामा हामीले रति पनि कन्जुस्याई गरेका छैनौं र गर्दैनौं पनि । कर्मचारीको तलव सुविधामा वृद्धि त्यसैको पछिल्लो ज्वलन्त उदाहरण हो । उनका अनुसार तलबभत्ता बृद्धिपछि बैंकको खुद मुनाफाबाट छुट्टाइएको कर्मचारी बोनस रकम, सहुलियतपूर्ण कर्जालगायतका सेवा सुविधाको अतिरिक्त कर्मचारीको तलब भत्तामा वार्षिक ३ अर्बभन्दा लगानी हुनेछ । तर कर्मचारीको सन्तुष्टीका लागि बैंकले कुनै पनि कसर बाँकी नराख्ने उनको दाबी छ ।
लाखौँ ग्राहकको सन्तुष्टीका लागि काम गर्दै हजारौं सन्तुष्ट कर्मचारी !
हाल मुलुकभर बैकका ३५८ शाखा कार्यालयहरू संचालनमा छन् । एनआईसी एशिया बैंकका हरेक ग्राहकले आफ्नै घरनजिकैको शाखामा गएर सेवा लिइरहेका छन् । एटिएम सुविधा पनि घर नजिकै पाइन्छ । अनलाइनबाट खाता खोलेर ग्राहकले सेवा लिन सक्छन् । अझ त्यसमाथि पछिल्लो समय बैंकले ल्याएका सेवा सुविधाहरु हेर्ने हो भने ग्राहकले अरु बैंक किन रोज्ने भन्नेसम्मको स्थिति छ । खाता खोल्दा मोबाइल बैंकिङदेखि इन्टरनेट बैंकिङसम्म, क्रेडिट कार्डदेखि इकमर्श सेवासम्म सबै सेवा ५ बर्षसम्मका लागि निशुल्क छ । ग्राहकको यो तहको सन्तुष्टीका लागि नेपथ्यमा बसेर बैंकका कर्मचारीहरुले ठुलो मेहेनत गरिरहेका छन् । अझ स्पष्ट पार्दा झन्डै २५ लाख ग्राहकहरुको सन्तुष्टीका लागि हजारौं कर्मचारीहरुले ठुलो मेहेनत गरिरहेका छन् । यसवापत कर्मचारीले राम्रो सेवा सुविधा त पाईनै रहेका छन्, अर्कोतर्फ बैंकका कर्मचारीहरुले कामअनुसारको प्रोत्साहन र प्रमोसन पनि पाईरहेका छन् । काम सिक्न पनि धेरै पाइने, मेहेनतको फल पनि पाइने । यस कारण पनि धेरै कर्मचारीहरु एनआईसी एशिया बैंकको जागिरलाई गज्जबको जागिर भन्छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: