पछिल्लो समय सेयर बजारमा लगानी गर्न इच्छुकहरुको संख्या ठुलो छ । केहि बर्ष अघिसम्म ५-७ लाखको हाराहारीमा रहेको डिम्याट संख्या अहिले झन्डै ५० लाख पुगिसकेको छ। यो तथ्यांकले पनि डिम्याट खाता खोल्नेहरुको संख्या ठुलो रहेको स्पष्ट हुन्छ । सेयर बजारमा पछिल्लो समय नागरिकको आकर्षणका कारण सेयर बजारमा लगानीका लागि अत्यावश्यक बैंक खाता, मेरो सेयर र डिम्याट खाता खोल्ने ग्राहकहरुको संख्या पनि दिनानुदिन बढीरहेको छ । कुनै पनि कम्पनीको प्राथमिक सेयर निस्कासन (आइपीओ) भर्नकै लागि डिम्याट खाता खोल्ने र बैंक खाता खोल्नेहरुको संख्या पनि ठुलो छ । यदी तपाईं पनि सेयर बजारमा एकदम नयाँ हुनुहुन्छ, डिम्याट खाता नै पनि खोल्नुभएको छैन वा बैंक खाता नै छैन भने तपाईंलाई एनआईसी एशिया बैंकमा खाता खोल्दा के के फाइदा हुन्छ भन्ने तथ्य प्रस्तुत गर्दैछौं ।

१. आस्वा शुल्क लाग्दैन
सेयर बजारमा लगानी गर्नका लागि तपाईंलाई बैंक खाता चाहिन्छ नै । यो बैंक खाता तपाईंको मेरो सेयरसँग लिंक भएको हुन्छ । यहि बैंक खातामा पैसा राखेर तपाईंले मेरो सेयरमार्फत आइपीओमा लगानी गर्नुपर्ने हुन्छ । अव एनआईसी एशिया बैंकमै किन खाता खोल्ने त ? तपाईंहरुले सुन्नुभएकै होला, ‘आइपीओ नपरे पनि आइपीओ भर्दा बैंकले पैसा काट्यो भनेर । हो धेरै बैंकले यसरी आस्वा शुल्क भनेर आइपीओ भर्दा नै पैसा काट्छन् । एनआईसी एशिया बैंकले यस्तो शुल्क लिंदैन। अर्थात एनआईसी एशिया बैंकमा भएको खातामा रहेको रकमबाट तपाईंले सेयर भर्नुभयो भने त्यसवापत बैंकले कुनै पनि शुल्क लिंदैन । हुन त अरु केहि बैंकलेपनि यस्तो शुल्क लिने गरेका छैनन् तर एनआइसी एशिया बैंकमा खाता खोल्दा अरु थप सुविधा पनि पाइने हुनाले बैंक खाता एनआईसी एशिया बैंकमा खोल्नु ठिक हुन सक्छ ।

२. डिम्याट खाता निशुल्क नवीकरण हुन्छ
डिम्याट खाता कुनै पनि मर्चेन्ट बैंक वा सेयर ब्रोकरकहाँ गएर खोल्न सकिन्छ । यसका लागि विभिन्न मर्चेन्ट बैंक तथा ब्रोकरहरुले निश्चित शुल्क लिन्छन् । तर एनआईसी एशिया बैंकमा तपाईंले सर्वश्रेष्ठ बचत योजना अनुसार खाता खोल्नुभयो भने बैंकले एनआईसी एशिया क्यापिटलसँगको संयोजनमा तपाईंको डिम्याट खाता खोलिदिन्छ। र यस्तो खाता तपाईंलाई बैंकले ५ बर्षसम्म नि:शुल्क नवीकरण गरिदिन्छ । अन्य ठाउँमा तपाईंले यो खाता खोल्नुभएको खण्डमा हरेक बर्ष तपाईंले त्यसलाई नवीकरण गर्नुपर्छ र त्यसवापत शुल्क पनि तिर्नुपर्छ ।

३. मेरो सेयर पनि ५ बर्षसम्म निशुल्क नवीकरण हुन्छ
तपाईंले सेयर बजारमा लगानी गर्नका लागि मेरो सेयरको एकाउन्ट पनि खोल्नुपर्ने हुन्छ । मेरो सेयर पनि हरेक बर्ष नवीकरण गर्नुपर्छ । र त्यसको निश्चित शुल्क लाग्छ। तर तपाईंले एनआईसी एशिया बैंकको सर्वश्रेष्ठ खाता खोल्नुभयो भने तपाईंको मेरो सेयर पनि ५ बर्षका लागि बैंकले सित्तैमा नवीकरण गरिदिन्छ । यसले तपाईंको केहि भएपनि रकम जोगिन्छ ।

४. कनेक्ट आइपीएस नि: शुल्क
तपाईंले सेयर किन्दा कनेक्ट आइपीएसको प्रयोग गरी ब्रोकरलाई पैसा तिर्नु सक्नुहुन्छ। अहिले यो माध्यम नै सबैभन्दा सजिलो माध्यम हो । कनेक्ट आइपीएसमा पनि निश्चित रकम लाग्ने नै भयो । तर यदी तपाईंले एनआईसी एशिया बैंकको सर्वश्रेष्ठ खाता खोल्नुभएको छ भने बैंकले कनेक्ट आइपीएसको शुल्क पनि ५ बर्षसम्म फ्री गरिदिएको छ । जसबाट तपाईंको अर्कोतर्फ पनि रकम बच्ने भयो । यसकारण पनि तपाईंले बैंक खाता खोल्दा एनआईसी एशिया बैंकमै खोल्नुभयो भने तपाईंले थप सुविधा पाउनुहुनेछ । अझ यो योजनामा बैंकले दिने अन्य सुविधाहरु त छँदैछन् ।

सजिलै खोल्न सकिन्छ बैंक खाता !
यति धेरै सुविधा दिने बैंक खाता खोल्न झन्झट त छैन ? तपाईंको प्रश्न हुन सक्छ । अहँ ! यो बैंकमा खाता खोल्न कुनै पनि झन्झट छैन। तपाईंले सिधै एनआईसी एशिया बैंकको वेवसाइटमा गएर सजिलै खाता खोल्न सक्नुहुन्छ । बैंकले अनलाइन खाताका लागि निकै सजिलो प्लेटफर्म बनाइदिएको छ। खातासम्बन्धि कुनै समस्या भएपनि बैंकको वेवसाइटमार्फत तपाईंले बैंकमा आफ्नो समस्या राख्न सक्नुहुनेछ र बैंकले तपाईंको समस्याको समाधान सकेसम्म चांडो गरिदिनेछ। यो मामलामा पनि एनआईसी एशिया बैंक निकै अब्बल छ । अझ तपाईंले बैंकको साखामै गएर खाता खोल्छु भान्नुहुन्छ भने पनि त्यो पनि सजिलै छ । बैंकमा तपाईंले आवश्यक कागजात लिएर खाता खोल्न सक्नुहुनेछ । सेयर बजारमा लगानी गर्नकै लागि खोलिने तपाईंको खातामा तपाईंले अन्य थुप्रै सुविधाहरु पनि पाउनुहुनेछ। मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, डेबिट कार्डजस्ता सुविधाहरु पनि बैंकले ५ बर्षसम्मका लागि निशुल्क दिन्छ । यी सुविधाहरु तपाईंले अन्य बैंकमा नपाउन पनि सक्नुहुन्छ । त्यसैले सेयरमा लगानी गर्नकै लागि बैंकमा खाता खोल्दैहुनुहुन्छ भने एनआईसी एशिया बैंक तपाईंका लागि उत्तम हुन सक्छ ।

आइपीओ पर्दै नपर्ने भईरह्यो भने पनि पैसा खेर जाँदैन
आजकल सेयर बजारमा धेरै नागरिकको प्रवेश भएकाले सेयर बजारमा र त्यसमा पनि आइपीओमा लगानी गर्ने भनेर लगानीकर्ताले खाता खोल्छन्। तर कतिपयको अनुभव कस्तो छ भने एक बर्षसम्म पनि कुनै पनि सेयर परेन भने, एक त आश्वा शुल्क भनेर एक पटक सेयर भरेको १० रुपैयाँ देखि २५ रुपैयाँसम्म बैंक हेरेर पैसा काटिन्छ। अर्कोतर्फ मेरो सेयर पनि रिन्यु गर्नुपर्यो। अर्कोतर्फ डिम्याट खाता पनि रिन्यु गर्नुपर्यो । सेयर परेन भने त केहि रकम र बार्षिक खर्च हुने नै भयो। यसरि हेर्दा लगानी पर्यो, फाइदा भएन। तर सेयर पर्दैपरेन र तपाईंको खाता एनआईसी एशिया बैंकमा छ भने तपाईंले यस विषयमा कुनै चिन्ता नै लिनुपर्दैन । किनकि तपाईंको कुनै पनि रकम खेर जाँदैन । यसकारण पनि सेयर बजारमा लगानी गर्न चाहानेहरुका लागि एनआइसी एशियामा खाता खोल्ने निर्णय नै उत्तम निर्णय हुनसक्छ ।













