×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अधिकांश एटिएम प्रयोगकर्ताका खल्तीमा एनआईसी एशियाको कार्ड, देशभर ४ सय ७३ एटिएम विस्तार हुँदा फाइदै फाइदा !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ५ फाल्गुन २०७८, बिहीबार

PRIME CA
laxmi sunrise bank

अधिकांश एटिएम प्रयोगकर्ताका खल्तीमा एनआईसी एशियाको कार्ड, देशभर ४ सय ७३ एटिएम विस्तार हुँदा फाइदै फाइदा !

काठमाडौँ । प्रविधिको यो युगमा संसार एउटा सानो मोबाइलमा अटेको छ । पैसाको कारोबार गर्नेहरु कार्डमार्फत कारोबार गर्न थालेका छन् । जहाँ पुगिन्छ, त्यही एटिएमबाट पैसा झिक्न मिल्ने सुविधा हुनेभएपछि मानिसहरु ढुक्कका साथ हिड्छन् । चाहे त्यो ट्रेकिङ होस् या ट्राभल । पैसाको लेनदेन क्यासमा भन्दा पनि ट्रान्सफर गरेर हुन थालेको छ । मानिसहरु आफ्नो खल्तीमा क्यास सार्है कम बोक्न थालेका छन् । क्यास चाहिँदा पनि एटिएम छँदै छ नि भन्ने मनोविज्ञान हाबी भएको छ । हुन पनि एटिएमको प्रयोग सहजमात्र होइन, सुरक्षित पनि छ । र त नीजी स्तरको नम्बर १ बैंक एनआईसी एशिया बैंकले एटिएमको प्रयोगमा ग्राहकको बढ्दो आकर्षण र प्रविधिको युगमा अगाडी बढेमात्र ग्राहकको मन जित्न सफल भईन्छ भन्ने यथार्थ बुझेर एटिएम सञ्जाल लाई देशकै सबैभन्दा ठुलो बनाएको छ ।
‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ नाराका साथ वित्तिय सेवा दिदैं आएको एनआइसी एशिया बैंकले देशभर एटिएम सेवा विस्तार मात्र गरेको छैन, बरु ती एटिएम बुथहरुबाट कसरी सहज सेवा दिने भन्ने तथ्यलाई मनन गर्दै त्यसमा भरपुर काम पनि गरिरहेको छ । देशको कुल जनसंख्याको ८० प्रतिशतभन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमासमेत बैंकले आफ्ना ७२ प्रतिशत शाखा कार्यालयहरू स्थापना गरी सेवा दिइरहेको छ भने आवश्यक स्थानमा एटिएम बुथ पनि स्थापना गरेको छ । ग्राहकले जहाँ आवश्यक पर्यो त्यहाँ एनआईसी एशियाको एटिएम प्रयोग गर्न सक्ने भएका छन् । त्यसैले त सबैले गर्व गर्न सक्ने स्तरको सहज, सबल, विश्वसनीय र उत्तरदायी बैंक बन्दै सबैको पहिलो रोजाईको बैंक बन्न सफल बनेको छ ।
हालसम्मकै सबैभन्दा धेरै शाखा सञ्जाल बनाएको बैंकले एटिएम विस्तारलाई पनि प्राथमिकतामा राखेको छ । त्यसकारण पनि बैंकको सबैभन्दा ठूलो एटिएम सञ्जाल बनेको छ । र आवश्यकता अनुसार बैंकले यो संजाललाई झन् ठुलो बनाउने तयारी पनि गरिरहेको छ ।
एनआईसी एशियाको कार्ड खल्तीमा भएपछि निर्धक्क छन् नागरिक !
तपाई मुख्य सहर बाहिर कुनै यात्रा गर्दै हुनुहुन्छ ? खल्तीमा पैसा छैन । तर एटीएम कार्ड बोकेर निर्धक्कसाथ हिड्न सक्ने वातावरण बैंकले बनाइदिएको छ । सजिलो, सहज तरीकाले जुनसुकै ठाउँबाट पनि पैसा निकाल्नका लागि बैंकका छरिएका एटिएम बुथहरु छन्। त्यसैले त खल्तीमा पैसा नहुँदा पनि कार्डले तपाईलाई यात्रा तय गरिदिएको छ । बैंकको यो सेवाबाट प्रयोगकर्ता तथा ग्राहकहरु निकै सन्तुष्ट छन् ।
एउटा उदाहरण । बैतडी धर भई हाल धनगढी बस्ने पार्वती बमले एनआइसी एशिया बैंकमा खाता खोलेको केहि वर्ष भयो । उनी आफूले कमाएको पैसा यही बैंकमा बचत गर्छिन् । उनलाई अन्य बैंकको तुलनामा एनआइसी एशिया बैंकको सेवा सुविधा चित्तबुझ्दो लाग्छ । त्यति मात्र होइन, बैंकको एटिएम धेरै ठाउँमा भएका कारण पनि सेवा सहज लागेको बताउँछिन् । केहि समय अगाडीमात्र एटिएम सेवा लिएकी उनी भन्छिन्,‘जुनसुकै ठाउँमा पुग्दा पनि यो बैंकको शाखामा आफ्नो कारोबार गर्न सकिन्छ । एटीएम कार्ड बोकेर हिड्यो भने जहाँ पुगेपनि पैसा झिक्न समस्या हुँदैन । खासै धेरै पढेको छैन, पहिला त गाह्रो लाग्थ्यो, अहिले त टुकटुके मोबाइल चलाएजस्तै सजिलो रहेछ।’
पार्वतीमात्र होइन, पार्वतीका साथीभाई इष्टमित्र पनि एनआईसी एशियाकै एटिएम कार्ड बोक्ने गरेको उनी बताउँ छिन् । धेरै वटा बुथ भएकाले पनि सजिलो छ । पार्वती अगाडी थप्छिन्, ‘अझ सुदूरपश्चिममा त बैंकको सेवा सार्है नै राम्रो छ । सबैले सजिलोका लागि एनआईसी एशियाकै सेवा लिएका छन् ।
देशभरकै ठुलो एटिएम सञ्जाल, सहरदेखि गाउँसम्म एटिएम सेवा !
बैंकले देशभर हालसम्म ४ सय ७३ वटा एटीएम विस्तार गरिसकेको छ । सात वटै प्रदेशमा एटीएम लिडर समेत बनेको छ एनआइसी एशिया । कतिपय बैंकका एटिएम त एनआइसी एशियाको तुलनामा आधा पनि छैनन् । हुन त एटिएम कार्ड नलिने प्रायः कुनै पनि बैंकमा ग्राहक नै छैनन् । आफूले बचत गरेको पैसा आवश्यकताअनुसार तुरुन्त झिक्न झिक्न पाउने भएपछि बैंकका ग्राहकको आकर्षण एटिएमतर्फ बढेको छ । त्यसमा पनि एनआइसी एशियाकै एटीएम बोक्नेहरु धेरै छन् । देशको कुल जनसंख्या मध्ये २० वर्ष देखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई यस बैंकमार्फत सेवा दिन बैंक सफल छ । यहि सफलताको पछि बैंकले प्रदान गर्ने एटीएम सेवाजस्ता सेवाले महत्वपूर्ण भूमिका खेलेको छ । नागरिकले चाहाने त सहजता र सुरक्षा हो। एटिएमको मामलामा र एटिएममा सहजता र सुरक्षाको मामलामा बैंक निकै अगाडी छ ।
बैंकले विशेषगरी दुर्गम र विकट ठाउँसम्म एटीएम सेवालाई फैलाउदै लगेको छ । सुगममामात्र नभई दुर्गम ठाउँमा सञ्जाल पुर्याउनु र त्यहाँका जनतालाई बैकिङ्ग सेवामा आवद्ध गराउने उद्देश्यसहित अघि बढेको यस बैंक अरु बैंकको सेवा नपुगेका ३४ भन्दा बढी स्थानीय निकायहरुमा पुगेको छ । बैंकका अनुसार वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा बैंकका शाखा विस्तार गरी सञ्चालन भइरहेका छन् । त्यसैले त एनआईसी एशिया बैंक ग्राहकको पहिलो रोजाईमा पर्ने गरेको छ ।
एटिएममा समस्या आईहाले तुरुन्त समाधान !
सहज डिजिटल बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको यस एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरूलाई डेबिट कार्ड हराए वा बिग्रिएमा अनलाईनबाटै नयाँ कार्डको लागि आवेदन दिन सकिने सुविधा पनि दिएको छ । बैंकको अनलाइन सपोर्ट सिष्टममार्फत ग्राहकले जुनसुकै स्थानबाट र जुनसुकै समयमा बैंकको आइसर्भ डिजिटल माध्यम प्रयोग गरी सहज रुपमा आफ्नो समस्याको यथासक्य छिटो समाधान हुनेगरी सेवा पाउने गरेका छन्। समयअनुरुप सेवा तथा सुविधाहरू ल्याउने क्रममा बैंकले ग्राहक तथा प्रयोकर्ताका लागि यो सुविधा कोरोना लकडाउनको समयमा ल्याएको थियो । देश लकडाउनमा रहँदाको असहज परिस्थितिमा ग्राहकलाई बैंकसम्म पुग्न नपरोस् भन्ने हेतुले अनलाईनमार्फत यस प्रकारको सुविधा ल्याएको हो । अहिले यो सिष्टम ग्राहकमाझ सार्है धेरै लोकप्रिय बनिसकेको छ । कार्डमा कुनै समस्या देखिएमा बैंकको वेबसाइट तथा मोबाइल बैंकिङ्ग एपभित्र रहेको आइसर्भ ट्याप गरी ‘डेबिट कार्ड रिप्लेसमेन्ट’ मार्फत हराए वा बिग्रिएको कार्डको सट्टा नयाँ कार्डको लागि अनुरोध गर्न सकिनेछ ।
यसका लागि प्रयोगकर्ताले डेबिट कार्ड रिप्लेसमेन्टमा ट्याप गरी नाम, खाता नम्बर र मोबाइल नम्बर उल्लेख गर्नुपर्नेछ । त्यस लगत्तै आफ्नो बैंकमा दर्ता रहेको मोबाइल नम्बरमा प्रयोगकर्ताले प्राप्त गरेको ‘ओपिटि’ नम्बर राखेर भेरिफिकेसन गर्नुपर्नेछ । त्यससँगै प्रयोगकर्ताले कार्ड लिन जाने शाखा छनौट गरी बैंकको नियम र शर्तहरूलाई स्वीकार गर्ने र क्याप्चा भरेर अगाडीको प्रक्रियामा प्रवेश गर्नुपर्नेछ । र बैंकले एसएमएसमार्फत खातावालालाई जानकारी गराउनेछ । साथ कार्ड तयार भएपश्चात् बैंकले पुनः एसएमएसबाट छनौट गरेको शाखाबाट डेबिट कार्ड लिनका लागि प्रयोगकर्तालाई जानकारी गराउनेछ । यस अनलाईन सुविधाले प्रयोगकर्तालाई बैंकसम्म पुग्दा लाग्ने समयको बचत गराएको छ । त्यस्तै बैंकलाई प्रयोगकर्ताले रुचाउनुका पछाडी थुप्रै कार्यक्रमहरु रहेका छन् । बैंकले पछिल्लो समय ल्याएको सर्वश्रेष्ठ बचत तथा मुद्दती खाता यसको एउटा उदाहरण हो । उच्चतम ब्याज र २४ आकर्षक फाईदासहित यस्तो खाता योजना सञ्चालनमा ल्याएको बैंकको दाबी छ ।
सर्वश्रेष्ठ बचत खाताले झनै सहज बनाईदिएको छ एटिएम सेवा
बैंकले गत कार्तिक महिनादेखि सर्वश्रेष्ठ बचत खाता सञ्चालनमा ल्याएको छ । जसअन्तर्गत ५५ वर्ष पुगेका ग्राहकहरुले सर्वश्रेष्ठ नागरिक बचत खाता खोली पेन्सनको आधारमा कर्जा सुविधा र होम बैकिङ्ग सुविधा समेत प्राप्त गर्न सक्नेछन् । यो योजनाअन्तर्गत रहेर खाता खोल्नेहरुले विभिन्न शिर्षकमा २४ वटा फाइदा लिइरहेका छन् । जसमध्य, डेबिट कार्ड पाँच वर्षको लागि निःशुल्क, मोबाइल बैंकिङ्ग पाँच वर्षको लागि निःशुल्क, इन्टरनेट बैंकिङ्ग पाँच वर्षको लागि निःशुल्क वार्षिक क्रेडिट कार्ड शुल्क पाँच वर्षको लागि निः शुल्क, क्रेडिट कार्ड सीमा अधिकतम रु पाँच लाखसम्म, प्रिपेड डलर कार्ड पाँच वर्षको लागि निःशुल्क सेवा दिएको छ ।
एटिएमको हकमा पनि यो योजना अर्को कोशेढुंगा बन्न सफल भएको छ । कारण यो खाता योजनामा सहभागी हुने ग्राहकले एटि एम सेवा लिंदामात्र होइन ५ बर्षसम्म नवीकरण गर्दासमेत पैसा तिर्नुपर्दैना । त्यतिमात्र होइन यो योजना अन्तर्गत एटिएमसेवा लिनेले अर्को बैंकको एटिएमबाट पैसा झिक्दा समेत पैसा तिर्नुपर्दैना। यसले एटिएम मेशिनको प्रयोग गरेकै कारण पैसा तिर्नुपर्ने बाध्यतालाई अन्त्यमात्र गरिदिएको छैन, बैंकिङ सेवालाई थप सहज बनाइदिएको छ । र त एटिएम कार्डकै लागि भएपनि यो योजनामा सहभागी हुनेहरुको संख्या बढेको छ । यसो त सहज र सस्तो एटिएम सेवासँगै यो योजनामा सहभागी ग्राहकले डिम्याट खाता एवं मेरो शेयर शुल्क पाँच वर्षको लागि निःशुल्क, चेक क्लियरिङ पाँच वर्षको लागि निःशुल्क सेवा दिएको छ । एटीएम शुल्क देशभरका कुनै पनि बैंकका एटीएमबाट रकम झिक्न र मौज्दात जाँच्न पाँच वर्षको लागि निःशुल्क हुनेछ । यो खातामा सर्वाधिक उच्च ब्याजदर, तीन-तीन वटा बीमा तथा कर्जा सम्बन्धी फाइदा र अन्य डेढ दर्जन फाइदा पाइने बैंकले जनाएको छ । अन्य थुप्रै सेवाहरु त बैंकले दिएको छ नै ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: