चितवन । चिसोबाट प्रभावित कुरिनटार चितवनका १५ गरिब तथा विपन्न समुदायका परिवारलाई कम्बल वितरण गरिएको छ । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लि. कुरिनटार शाखाले चेपाङ्ग समुदायका १५ गरिब तथा विपन्न परिवारलाई कम्बल वितरण गरेको हो ।
केही दिन यता लगातार चिसो बढ्दा तथा शीतलहर चल्दा गरिब तथा अति विपन्न परिवारलाई असहज भइरहेको अवस्थामा संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत संस्थाले चिसोका कारण कसैले पनि अकालमै ज्यान गुमाउन नपरोस् भन्ने उदेश्यका साथ विपन्न परिवारको तथ्याङ्क संकलन गरेर न्यानो कपडा वितरण कार्यक्रम आयोजना गरेको हो ।
देश व्यापिरुपमा समुदाय स्तरमै गरिब तथा विपन्न परिवारको तथ्याङ्क संकलन गरेर चरणवद्ध रुपमा न्यानो कपडा उपलब्ध गराउने लक्ष्य सहित काम भइरहेको संस्थाले जानकारी दिएको छ । साथि संगै, सबल बन्दै भन्ने मूल नाराका साथ छोटो समयमै लघुवित्त संस्थाहरु मध्य अब्बल सेवा दिइरहेको एनआईसी एशिया लघुवित्तले समाजमा विभिन्न स्तरमा वित्तीय साक्षरता, सरफाई कार्यक्रम लगाएत विभिन्न जनचेतनामूलक कार्यक्रम गर्दै आइरहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्