×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

महाशिवरात्री विशेष : फूलैफूलले सजियो पशुपति (फोटो-कथा)

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १६ फाल्गुन २०७८, सोमबार

PRIME CA
laxmi sunrise bank

महाशिवरात्री विशेष : फूलैफूलले सजियो पशुपति (फोटो-कथा)

काठमाडौं । महाशिवरात्रीको लागि पशुपतिनाथ मन्दिरलाई फूलैफूलले सजाईएको  छ । मंगलबार परेको महाशिवरात्रीको लागि रङ्गीचङ्गी फूल तथा बिजुली बत्तीले मन्दिर परिसर तथा मुख्य स्थललाई सजाइएको हो ।
मन्दिरको मुख्य प्रवेशद्वार नै फूलको बनाइएको छ । सो कार्यका लागि करिव  ५० लाख खर्च भएको बताइएको छ ।यस्तै पशुपति क्षेत्रका खाली भित्तामा भगवान् शिव र पार्वतीका चित्र पनि बनाइएको छ भने आकर्षक हिसाबले सजाइएको फूललाई पृष्ठभूमिमा पारेर तस्वीर तथा सेल्फी खिच्नेहरुको भीड नै लागेको छ ।
पशुपतिनाथमा स्वदेश तथा विदेशबाट दर्शनार्थी आउने क्रम बढ्नाका साथै दैनिक चहलपहल पनि बढेको छ । साधु र सन्तले पशुपतिका कुना कुनामा भीड बढेको छ । यस्तै हंस मण्डप, निर्मल अखडा, भष्मेश्वर अखडा, अन्नपूर्ण भण्डारलगायत स्थानमा तीर्थ यात्रीका लागि निःशुल्क भोजनको व्यवस्था गरिएको कोषले जनाएको छ ।
 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: