×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

यी प्रस्तावसहित प्रभु लाइफ इन्स्योरेन्सले चैत ६ गते बोलायो वार्षिक साधारणसभा, कहिले हुन्छ बुक क्लोज ? (विवरणसहित)

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सको चौंथो वार्षिक साधारणसभा चैत ६ गते हुने भएको छ । कम्पनीको फागुन ९ गते बसेको सञ्चालक समितिको बैठकले बिहान १० बजे होटल रेडिसन, लाजिम्पाट, काठमाडौंमा सभा गर्ने निर्णय गरेको हो ।
सभाको प्रस्तावमा कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, आर्थिक वर्ष २०७६/७७ मा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कोभिड प्रभावितलाई सहयोग गर्न नेपाल सरकारलाई प्रदान गरेको आर्थिक सहायता बापतको रकम ७ लाख ५० हजार रुपैयाँ कम्पनी ऐन, २०६३ को दफा १०५ (१) (ग) बमोजिम अनुमोदन गर्ने रहेको छ ।
यस्तै संस्थापक सेयरधनीको तर्फबाट एक जना स्वतन्त्र सञ्चालकको नियुक्ती अनुमोदन गर्ने सर्वसाधारण शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने २ सञ्चालकको निर्वाचन गर्ने, सञ्चालक समितिको निर्णयहरु अनुमोदन गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।
सभाको लागि कम्पनीले फागुन २३ गते बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा फागुन २२ गतेसम्मका कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा भाग लिन सक्नेछन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: