Skip to content
LAXMI SUNRISE BANK

प्रोग्रेशिभ फाइनान्स लिमिटेडको नयाँ निक्षेप योजना सञ्चालनमा, यस्ता छन् सुविधाहरु

अर्थ सरोकार

काठमाडौँ । प्रोग्रेशिभ फाइनान्स लिमिटेडले आजदेखि नयाँ निक्षेप योजना सञ्चालनमा ल्याएको छ । मुद्दती र क्रमिक बचतलाई एकीकृत गरी योजना सार्वजनिक गरिएको हो । यसरी सार्वजनिक गरिएको नयाँ निक्षेप योजनाको नाम एकीकृत मुद्दती क्रमिक बचत (Integrated Fixed Recurring Deposit) योजना रहेको छ ।
यस योजना अनुसार ग्राहकहरुले रु.२५ हजार देखि १० लाखसम्मको मुद्दती खाता खोली उक्त मुद्दती निक्षेपबाट आर्जित ब्याज मासिक नियमित रुपमा क्रमिक बचत खातामा जम्मा हुँदै जानेछ । यस योजना अन्तर्गत खोलिएका खाताहरुको समयावधि १ देखि १० वर्ष सम्म हुनेछ । यस निक्षेप योजनाको ब्याज दर मुद्दती निक्षेपकै बराबर रहनेछ । यो खाता खोल्ने ग्राहकहरुलाई दुर्घटना बीमा, निःशुल्क आस्बा सेवा, मोबाइल बैंकिङ तथा कर्जाको सेवा शुल्कमा विशेष छूट लगायतका सहुलियतहरु प्राप्त हुनेछ ।
यसरी ग्राहकहरुले दिर्घकालीन लगानीका रुपमा मुद्दती निक्षेपबाट आर्जित ब्याज क्रमिक बचत खातामा मासिक रुपमा जम्मा हुँदैजाने र ग्राहकहरुले सो सम्पूर्ण साँवा ब्याजको रकम उच्च प्रतिफल सहित एकमुष्ठ प्राप्त गर्ने हुँदा यस बचत योजनामा सहभागी हुने निक्षेपकर्ताहरुले उच्च शिक्षा, घरजग्गा खरीद, वैवाहिक कार्यक्रम, धार्मिक कार्यहरु, वैदेशिक भ्रमण लगायतका अवसरहरुलाई अझ सहज एवं उल्लासमय रुपमा सम्पन्न गर्नसक्ने जानकारी प्रमुख कार्यकारी अधिकृत विशाल हुमागाँईले दिए ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK