×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रैराङ हाइड्रोपावरले ६ महिनामा कमायो ५ करोड ७९ लाख रुपैयाँ खुद नाफा, जगेडा कोषको अवस्था कस्तो ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

रैराङ हाइड्रोपावरले ६ महिनामा कमायो ५ करोड ७९ लाख रुपैयाँ खुद नाफा, जगेडा कोषको अवस्था कस्तो ?

Artha Sarokar

२१ माघ २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा रैराङ हाइड्रोपावरले ५ करोड ७९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीको यो नाफा गत वर्षको सोहि अवाधिको तुलनामा ११.९१% धेरै हो । गत वर्ष यसले ५ करोड १८ लाख रुपैयाँ नाफा कमाएको थियो ।
यस्तै पुस मसान्तसम्म आइपुग्दा विद्युत् बिक्रीबाट हुने आम्दानी ११.०६% ले बढेर १५ करोड ९९ लाख रुपैयाँ पुगेको छ । गत वर्ष यसैअवधिमा यसले विद्युत् बिक्रीबाट १४ करोड ३९ लाख रुपैयाँ आम्दानी गरेको थियो । कम्पनीले रैराङ खोलाको विद्युत् बेचेर ३० लाख ५० हजार र इवा खोलाको विद्युत् बेचेर १५ करोड ६३ लाख रुपैयाँ आम्दानी गरेको जनाएको छ । अन्य स्रोतबाट ५ लाख ७ हजार रुपैयाँ आम्दानी गरेको छ ।
कम्पनीको जगेडा कोषमा ६ करोड ८ लाख ९५ हजार रुपैयाँ रहेको छ भने प्रतिसेयर आम्दानी वार्षिक २० रुपैयाँ ७१ पैसा र प्रतिसेयर नेटवर्थ ११० रुपैयाँ ८७ पैसा रहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी