×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा बिहिबार साँझ सार्वजनिक हुँदै, अन्तिम तयारीमा जुट्यो राष्ट्र बैंक

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा बिहिबार साँझ सार्वजनिक हुँदै, अन्तिम तयारीमा जुट्यो राष्ट्र बैंक

Artha Sarokar

५ फाल्गुन २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल राष्ट्र बैंक चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्ने अन्तिम तयारीमा रहेको छ । राष्ट्र बैंकले आज (बिहिबार) साँझ ६ पछि नै मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्ने तयारी गरेको हो । यता राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागले सोमबार नै विभागीय र उच्च व्यवस्थापनसँग छलफल गरी मौद्रिक नीति समिक्षाको मस्यौदा गभर्नर महाप्रसाद अधिकारीलाई बुझाइसकेकाले आज सार्वजनिक गर्ने तयारी गरिएको हो ।
‘बिहिबार साँझ ६ बजेतिर सञ्चालक समितिको बैठक बोलाइएको छ’ राष्ट्र बैंक स्रोतले भन्यो ‘सोही बैठकले मौद्रिक नीतिको समीक्षालाई स्वीकृत गर्नेछ र त्यस लगत्तै मौद्रिक नीतिको समीक्षा हुने सम्भावना बलियो छ ।’ यद्यपी मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा खासै ठूलो नीतिगत परिर्वतन नहुने र तरलताको समस्या समाधान गर्नको लागि केही व्यवस्था हुने बताइएको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी