×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल राष्ट्र बैंकले ८ अर्ब २३ करोड ३२ लाख रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

नेपाल राष्ट्र बैंकले ८ अर्ब २३ करोड ३२ लाख रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने

Artha Sarokar

९ फाल्गुन २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल राष्ट्र बैंकले ८ अर्ब २३ करोड ३२ लाख रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । राष्ट्र बैंकले  ९१ दिन र १८२ दिन गरी दुई किसिमको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । राष्ट्र बैंकले बिल खरिदका लागि सार्वजनिक आह्वान गरेको छ ।
इच्छुक लगानीकर्ता बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले सोमबार अपरान्ह ३ बजेसम्म आवेदन दिन सक्नेछन् । ट्रेजरी बिल भने भोलि मंगलबार बिक्री हुने बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार ९१ दिनका लागि कुल २ अर्ब २३ करोड ३२ लाख रुपैयाँ छुट्याइएको छ भने १८२ दिनका लागि ६ अर्ब रुपैयाँ छुट्याइएको छ ।
९१ दिनको ट्रेजरी बिल फागुन १० गतेबाट शुरु भएर आगामी जेठ १० गते परिपक्‍व हुनेछ भने १८२ दिनको बिल फागुन १० गते शुरु भएर आगामी वर्ष भदौ ७ गते परिपक्‍व हुनेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी