×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपमा २५ करोड रुपैयाँ लगानी गर्ने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपमा २५ करोड रुपैयाँ लगानी गर्ने

Artha Sarokar

१६ फाल्गुन २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल राष्ट्र बैंकले मुद्दति निक्षेपमा २५ करोड रुपैयाँ लगानी गर्ने भएको छ । राष्ट्र बैंकले आफ्नो उपदान तथा पेन्सन कोषमा रहेको सो रकम बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपमा लगानी गर्न लागिएको जानकारी दिएको हो । राष्ट्र बैंकले २०७८ चैत १ गतेदेखि २०७९ फागुन ३० गतेसम्म मुद्दति निक्षेपमा लगानी गर्न लागेको हो ।
मुद्दति निक्षेप लिन चाहने बैंक तथा वित्तीय संस्थाले फागुन १८ गते साँझ ५ बजेसम्म आफूले लिन चाहेको रकम तथा उक्त रकमका लागि प्रस्ताव गरिएको ब्याजदरसमेत खुलाएर पेश गर्नुपर्नेछ । राष्ट्र बैंकले ‘क’ वर्गका वाणिज्य बैंकमा २० रुपैयाँ, ‘ख’ वर्गको विकास बैंकमा ३ करोड ७५ लाख रुपैयाँ ‘ग’ वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीहरुमा १ करोड २५ लाख रुपैयाँ लगानी गर्न लागेको हो ।
आवेदन दिनका लागि बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको २ वर्ष हुनुपर्ने, निष्कृर्य कर्जा कुल कर्जा सापटको ५% भन्दा कम भएको हुनुपर्नेछ । रियल स्टेट कर्जा बैंकबाट तोकिएको सीमा भन्दा बढी नभएको हुनुपर्नेलगायतका नियम राष्ट्र बैंकले तोकेको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी