×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राष्ट्र उत्थान लघुवित्तको आइपीओमा २ करोड ४१ लाख ६८ हजार ६४० कित्ताका लागि पर्यो आवेदन, कहिलेसम्म पाईन्छ भर्न ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

राष्ट्र उत्थान लघुवित्तको आइपीओमा २ करोड ४१ लाख ६८ हजार ६४० कित्ताका लागि पर्यो आवेदन, कहिलेसम्म पाईन्छ भर्न ?

Artha Sarokar

६ फाल्गुन २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाको आइपीओमा २ अर्ब ४१ करोड ६८ लख ६४ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार शुक्रबार साँझ ५ बजेसम्ममा २० लाख ६७ हजार ४४३ जनाले २ करोड ४१ लाख ६८ हजार ६४० कित्ताका लागि आवेदन दिएका छन् । जुन सर्वसाधारणको लागि बिक्री खुला गरिएको कित्तालाई आधार मान्दा ३०.४१ गुणा बढी आवेदन हो ।
कम्पनीले फागुन ४ गतेबाट कुल ८ करोड ५० लाख रुपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता आइपीओ बिक्रीमा ल्याएको हो । यसमध्ये ४२ हजार ५ सय कित्ता सेयर आर्थात् ५% सेयर सामूहिक लगानी कोष र १३ हजार कित्ता अर्थात् ०.५% कर्मचारीहरुका लागि छुट्याइएको छ ।
सर्वसाधारणले बाँकी ७ लाख ९४ हजार ५ सय कित्ताका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले यसमा फागुन ८ गतेसम्म आवेदन दिन सक्नेछन् । यसमा न्यूनतम १० कित्तादेखि अधिकतममा १ हजार कित्तासम्मका लागि आवेदन दिन पाइनेछ । यसमा बिक्री प्रबन्धकको काम एनआइबिएल एस क्यापिटलले गरेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी