×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राष्ट्र उत्थान लघुवित्तको आइपीओमा १ करोड ४९ लाख ८३ हजार २८ कित्ताका लागि पर्यो आवेदन, कहिलेसम्म पाईन्छ भर्न ?

PRIME CA
GLOBAL IME BANK

राष्ट्र उत्थान लघुवित्तको आइपीओमा १ करोड ४९ लाख ८३ हजार २८ कित्ताका लागि पर्यो आवेदन, कहिलेसम्म पाईन्छ भर्न ?

५ फाल्गुन २०७८, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाको आइपीओमा १ अर्ब ८६ करोड ८१ लाख ८४ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसले बिहिबार साँझ ५ बजेसम्ममा १२ लाख ६४ हजार ६९३ जनाले जनाले १ करोड ४९ लाख ८३ हजार २८ कित्ताका लागि आवेदन दिएको जनाएको हो । जुन सर्वसाधारको लागि बिक्री खुला गरिएको कित्तालाई आधार मान्दा २३.५१ गुणा बढी आवेदन हो ।
कम्पनीले बुधबारबाट कुल ८ करोड ५० लाख रुपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता आइपीओ जारी गरेको हो । यसमध्ये ४२ हजार ५ सय कित्ता सेयर आर्थात् ५५ सेयर सामूहिक लगानी कोष र १३ हजार कित्ता अर्थात् ०।५५ कर्मचारीहरुका लागि छुट्याइएको छ । सर्वसाधारणले बाँकी ७ लाख ९४ हजार ५ सय कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले यसमा फागुन ८ गतेसम्म आवेदन दिन सक्नेछन् । यसमा न्यूनतम १० कित्तादेखि अधिकतममा १ हजार कित्ता सम्मका लागि आवेदन दिन पाइनेछ । यसमा बिक्री प्रबन्धकको काम एनआइबिएल एस क्यापिटलले गरेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी–आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै, मेरो सेयर मार्फत पनि आवेदन दिन सक्नेछन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: