×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राष्ट्र उत्थान लघुवित्तको आइपीओमा कति पर्यो आवेदन ? यस्तो छ पछिल्लो अपडेट

PRIME CA
GLOBAL IME BANK

राष्ट्र उत्थान लघुवित्तको आइपीओमा कति पर्यो आवेदन ? यस्तो छ पछिल्लो अपडेट

६ फाल्गुन २०७८, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । राष्ट्र उत्थान लघुवित्तको आइपीओमा २ अर्ब २१ करोड ५१ लख ५४ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । आज शुक्रबार बिहान १० बजेसम्ममा १८ लाख ८९ हजार ६७२ जनाले २ करोड २१ लाख ५१ हजार ५४० कित्ताका लागि आवेदन दिएका छन् । जुन सर्वसाधारणको लागि बिक्री खुला गरिएको कित्तालाई आधार मान्दा २७.८८ गुणा बढी आवेदन हो ।
कम्पनीले फागुन ४ गतेबाट कुल ८ करोड ५० लाख रुपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता आइपीओ जारी गरेको हो । यसमध्ये ४२ हजार ५ सय कित्ता सेयर आर्थात् ५% सेयर सामूहिक लगानी कोष र १३ हजार कित्ता अर्थात् ०.५% कर्मचारीहरुका लागि छुट्याइएको छ ।
सर्वसाधारणले बाँकी ७ लाख ९४ हजार ५ सय कित्ताका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले यसमा फागुन ८ गतेसम्म आवेदन दिन सक्नेछन् । यसमा न्यूनतम १० कित्तादेखि अधिकतममा १ हजार कित्तासम्मका लागि आवेदन दिन पाइनेछ । यसमा बिक्री प्रबन्धकको काम एनआइबिएल एस क्यापिटलले गरेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: