×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राष्ट्रिय बीमा कम्पनीमा राजनीतिक ‘लफडा’, आर्थिक अनियमिततामा दण्डित गरिएका बराल सीइओको सर्टलिष्टमा

PRIME CA

राष्ट्रिय बीमा कम्पनीमा राजनीतिक ‘लफडा’, आर्थिक अनियमिततामा दण्डित गरिएका बराल सीइओको सर्टलिष्टमा

२५ माघ २०७८, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीइओ) नियुक्तिमा चलखेल भएका पाइएको छ । सरकारी स्वामित्वको सो कम्पनीमा आर्थिक अनियमिततामा दण्डित गरिएका व्यक्ति शेखर बराल सीइओको लागि सर्टलिष्टमा परेपछि यस्तो चलखेल भएका पाइएको हो ।
बराललाई सीइओ बनाउन अर्थमन्त्रालयदेखि प्रधानमन्त्रीपत्नी आरजु राणासम्मको दबाब रहेको बताएइको छ । यद्यपि बराल ती व्यक्ति हुन् जसलाई आर्थिक अनियमितता गरेको भन्दै बीमा समितिले दण्डित गरेको थियो ।संस्थागत सुशासन निर्देशिका अनुसार आर्थिक अनियमिततामा मुछिएका व्यक्ति बीमा कम्पनीको सीइओ बन्न नपाउने व्यवस्था छ । तर राजनीतिक पहुँचका आधारमा उनको नाम सीइओ सर्टलिष्टमा परेको भन्दै यस्तो चौतर्फी आलोचना भइरहेको छ ।
यद्यपि कम्पनीको सीइओ छान्नको लागि अर्थ मन्त्रालयका उपसचिव अर्जुन भण्डारीको संयोजकत्वमा बनेको समितिले रामबहादु खड्का, सुरेन्द्र थापा र शेखर बराललाई सर्टलिष्टमा पारेको थियो । कम्पनीको सीइओक लागि मनोजसिंह भण्डारी, शेखर बराल, रामबहादुर खड्का, सुकल्याण पराजुली, सुरेन्द्र थापा, बुद्धकाजी श्रेष्ठ, शेरजंग कार्की, तोयराज अधिकारी, कृष्णबहादुर कार्की, रमेश लम्साल, र बरिष्मा साउद आचार्यलेआवेदन दिएका थिए।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: