काठमाडौं । समृद्धि फाइनान्सले हकप्रद सेयर निष्कासनमा ल्याएको छ । कम्पनीको ५० प्रतिशत हकप्रद सेयर फागुन ८ गते आइतबारदेखि निष्कासनमा आएको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले २ः१ अनुपातमा २७ लाख २९ हजार ७०५ कित्ता हकप्रद सेयर बिक्री गर्ने भएको हो ।
कम्पनीले हकप्रद सेयर निष्कासन गर्नका लागि पुस ११ गते बुक क्लोज गरिसकेको छ । तसर्थ पुस १० गतेसम्म नेप्सेमा कायम रहेका सेयरधनीहरुले मात्र हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् । कम्पनीको हकप्रद सेयरमा बिक्री प्रबन्धक बीओके क्यापिटल नारायणचौर नक्साल तथा समृद्धि फाइनान्सको केन्द्रीय कार्यालय हेटौंडा-१ मकवानपुरबाट आवेदन दिन सकिने भएको छ ।
यसैगरी समृद्धिको बुटवल, पोखरा, नारायणघाट र पुतलीसडक काठमाडौं शाखाबाट पनि आवेदन दिन सकिनेछ । यस्तै सी-आस्वा तथा मेरो सेयरमार्फत पनि उक्त हकप्रद सेयरमा आवेदन दिन सकिनेछ । उक्त हकप्रद सेयरमा फागुन २९ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्