काठमाडौं । समृद्धि फाइनान्सले फागुन ८ गतेदेखि हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीले २ः१ अनुपातमा २७ लाख २९ हजार ७०५ कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो । हकप्रद सेयर जारी गर्नका लागि कम्पनीले पुस ११ गते बुक क्लोज गरिसकेको छ ।
बुक क्लोज मितिभन्दा अघिल्लो दिनसम्म कायम रहेका सेयरधनीहरुले प्रतिकित्ता १०० रुपैयाँ दरले यो हकप्रद सेयर भर्न सक्नेछन् । यस हकप्रद सेयरमा बिक्री प्रबन्धक बीओके क्यापिटल नारायणचौर नक्साल तथा समृद्धि फाइनान्सको केन्द्रीय कार्यालय हेटौंडा–१ मकवानपुरबाट आवेदन दिन सकिनेछ ।
यस्तै कम्पनीको बुटवल, पोखरा, नारायणघाट र पुतलीसडक काठमाडौं शाखाबाट पनि आवेदन दिन सकिन्छ । सी–आस्वा तथा मेरो सेयरमार्फत अनलाइनबाट पनि हकप्रद सेयर भर्न सकिन्छ । यसमा फागुन २९ गतेसम्म आवेदन दिन सकिने छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्