×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सांग्रिला डेभलपमेन्ट बैंकको १०९औं शाखा दाङको गढवामा, छिट्टै थप शाखा संचालनमा ल्याउने योजना

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

सांग्रिला डेभलपमेन्ट बैंकको १०९औं शाखा दाङको गढवामा, छिट्टै थप शाखा संचालनमा ल्याउने योजना

१० फाल्गुन २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले दाङको गढवा गाउँपालिकामा शाखा संचालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन गढवा गाउँपालिका अध्यक्ष सहजराम अहिरले गरेका हुन् । गढवा शाखा कार्यालय संचालनमा आएसँगै त्यस क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ सुविधा पुग्ने विश्वास बैंकको छ ।
योसँगै बैंकको कुल शाखा संख्या १०९ पुगेको बैंकले जनाएको छ । बैंकले हरेक सम्भावित क्षेत्रमा सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा कार्यालय संचालन गर्ने योजना बनाएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: