काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सको खुद नाफा ९ करोड ३९ लाख ७९ हजार रुपैयाँ पुगेको छ । कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गर्दै खुद नाफा ६९.३६% ले बढेर ९ करोड ३९ लाख ७९ हजार रुपैयाँ पुगेको जनाएको हो। अघिल्लो वर्षको यसैअवधिमा यसले ५ करोड ५४ लाख ९१ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
यस्तै पुस मसान्तसम्म कम्पनीले जीवन बिमा कोषको आकार ७३.५२% ले बढाएर २ अर्ब ८२ करोड ९५ लाख ५० हजार रुपैयाँ पुर्याएको छ । एक वर्षको अवधिमा कम्पनीको खुद बिमा शुल्क २१.५२% ले बढेर १ अर्ब १६ करोड २१ लाख ७० हजार रुपैयाँ पुगेको छ ।
साथै पुस मसान्तसम्म आइपुग्दा सानिमा लाइफको प्रतिसेयर आम्दानी ९ रुपैयाँ ३९ पैसा र प्रतिसेयर नेटवर्थ ११८ रुपैयाँ ३७ पैसा रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्