×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

मंगलबारको बजार अपडेट : यी हुन् मंगलबार सेयर कारोबार भएका दश कम्पनी

काठमाडौं । साताको कारोबारको तेस्रो दिन मंगलबार नेप्से परिसूचक बढेको छ । सोमबारको तुलनामा नेप्से परिसूचक १९.२६ अंकले बढेर २८९१.३० बिन्दुमा पुगेको हो ।नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार मंगलाबार कुल २२३ कम्पनीको १ करोड २१ लाख ६७ हजार ६०५ कित्ता सेयर खरिद बिक्री हुँदा ६ अर्ब ५७ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार नेशनल हाइड्रोपावर कम्पनीको भएको छ । यस कम्पनीको ३९ करोड १ लाख ४१ हजार ७०१ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।
यसैबीच मंगलबारको बजारमा सबैभन्दा बढी कारोबार नेशनल हाइड्रोपावर कम्पनीको भएको छ । यस कम्पनीको ३९ करोड १ लाख ४१ हजार ७०१ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । यस अलावा अरुण भ्याली हाइड्रोपावर, अपि पावर कम्पनी, अपर तामाकोशी हाइड्रोपावर, हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी, अरुण भ्याली हाइड्रोपावर, आइएमई जनरल इन्स्योरेन्स, फरवार्ड माइक्रोफाइनान्स, जीवन विकास लघुवित्त वित्तीय संस्था र नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः
यस्तै मंगलबारको सेयर बजारमा नेरुडे लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ३ प्रतिशतभन्दा बढीले घटेको हो । नेरुडे लघुवित्त वित्तीय संस्थाको सेयरमा यस्तो गिरावट आउँदा मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था, सिभिल लघुवित्त वित्तीय संस्था र अजोड इन्स्योरेन्समा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने टप १० कम्पनीहरुको सूचीः
यसैगरी मंगलबारको सेयर बजारमा विन लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले मनग्य पैसा छापेका छन् । यो कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलावा बुद्ध भुमी नेपाल हाइड्रोपावर, नेशनल हाइड्रोपावर कम्पनी, फरवार्ड माइक्रोफाइनान्सका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् मंगलबार सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: