×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

काँग्रेसको भागमा पर्यो धितोपत्र बोर्डको अध्यक्ष पद, हमालको सम्भावना अधिक, विवादित गिरी पनि शर्ट लिष्टमा !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

काँग्रेसको भागमा पर्यो धितोपत्र बोर्डको अध्यक्ष पद, हमालको सम्भावना अधिक, विवादित गिरी पनि शर्ट लिष्टमा !

Artha Sarokar

२४ माघ २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल धितोपत्र बोर्ड अध्यक्षको पद कांग्रेसको भागमा परेको छ । दलीय भागबण्डाकै आधारमा नियुक्त हुने नेप्से र धितोपत्र बोर्डको प्रमुख पदमध्ये यसअघि नेप्सेको सीइओमा माओवादीनिकट कृष्ण कार्की नियुक्त भईसकेका छन् । बोर्डको अध्यक्षका लागि पाँच जनाको नाम सर्ट लिस्टमा राखिएको छ । बोर्ड अध्यक्ष बन्नका लागि आवेदन दिएका १५ जना आवेदकहरु मध्येबाट छनोट समितिले ५ जनाको नाम सर्टलिस्ट तयार गरेको हो, जसमा रमेश हमाल, डा. गोपाल भट्ट, खगेन्द्र कटुवाल, निरज गिरी र कृष्णराज पोखरेल छन् ।

सर्टलिस्टमा परेकाहरुमध्ये सबैभन्दा बढी सम्भावना बोकेका हमाल पूर्व गैरआवासीय नेपाली हुन् भने भट्ट राष्ट्र बैंकको पूर्व कार्यकारी निर्देशक हुन् । यस्तै कटुवाल त्रिभुवन विश्व विद्यालयका प्राध्यापक हुन् भने गिरी अहिलेका कार्यकारी निर्देशक एवं लिष्टमा परेकामध्ये सबैभन्दा बढी विवादित व्यक्ति हुन् । पोखरेल उपकार्यकारी निर्देशक हुन् । उल्लेखित सबै कांग्रेसी हुन् ।

सर्टलिस्टमा परेकाहरुलाई आगामी आइतबार अन्तरवार्ताका लागि बोलाउने छनोट समितिको तयारी छ । अन्तर्वार्ता सकिएपछी ३ जनाको नाम मन्त्रीपरिषदमा जानेछ भने सोहि अनुसार क्याबिनेटले निर्णय गरी धितोपत्र बोर्डको अध्यक्ष नियुक्त गर्नेछ । यी मध्ये सबैभन्दा बढी सम्भावना हमालको छ । उनी आरजु देउवा निकटका व्यक्ति हुन् । उनलाई बोर्डको अध्यक्ष बनाउनेगरी बाँकी प्रक्रिया औपचारिकतामात्र रहेको चर्चासमेत छ ।

सर्वोत्तम सिमेन्टको खरिद प्रकरणमा मुछिएपछि सरकारले तत्कालीन अध्यक्ष भिष्मराज ढुंगानालाई पदबाट हटाएको थियो ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी