बर्दिबास। सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको ११० औं शाखा बर्दिबासको जयनगरमा उद्घाटन गरिएको छ । बारबर्दिया नगरपालिकाका नगर प्रमुख दुर्गा बहादुर थारु र बैंकका अध्यक्ष अच्यूत प्रसाद प्रसाईद्वारा सामुहिक रुपमा बैंकको उद्घाटन गरिएको हो ।
बैंकले ग्रामीण साथै शहरी क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रममा जयनगर (मगरागढी), बारवर्दिया नगरपालिका वडा नं। ६, बर्दियामा शाखा संचालनमा ल्याएको हो । बैंकले उक्त शाखा विहीबारदेखि संचालनमा ल्याएको छ । शाखा कार्यालय संचालनमा आए सँगै सो क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ्ग सुविधा पुग्ने विश्वास बैंकले लिएको छ । यो सँगै सांग्रिला डेभलपमेन्ट बैंकको कुल शाखा संख्या ११० पुगेको छ ।
सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले ग्राहकलाई विभिन्न प्रकारका बैंकिङ्ग सुविधाहरु दिंदै आएकोमा शाखाको सञ्चालनबाट उक्त क्षेत्रका ग्राहकहरुलाई अझ सरल र सहज तरिकाले बैकिङ्ख सेवा लिने वातावरण बनेकोमा बैंक विश्वस्त रहेको छ । बैंकले हरेक सम्भावित क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा कार्यालय संचालन गर्ने योजना बनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्