×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

शिखर इन्स्योरेन्सको ५२ लाख ७५ हजार ५७२ कित्ता हकप्रद सेयरमा आवेदन दिने बिहिबार अन्तिम दिन

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

शिखर इन्स्योरेन्सको ५२ लाख ७५ हजार ५७२ कित्ता हकप्रद सेयरमा आवेदन दिने बिहिबार अन्तिम दिन

२० माघ २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । शिखर इन्स्योरेन्सको ३०% हकप्रद सेयर भर्ने आज बिहिबार अन्तिम दिन रहेको छ । कम्पनीको सो सेयर आज कार्यालय समयसम्ममा भर्न पाइने भएको हो । हकप्रद सेयर निष्कासनको लागि कम्पनीले माघ २१ गते बुक क्लोज गर्दैछ ।
कम्पनीले १०ः३ अनुपातमा ५२ लाख ७५ हजार ५७२ कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो । यसले हकप्रद सेयर भने खुला गरिसकेको छैन । कम्पनीले हकप्रद बिक्री गर्न धितोपत्र बोर्डबाट अनुमति पाइसकेको छ । यसमा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटलले गर्नेछ ।
कम्पनीले हाल कायम १ अर्ब ७५ करोड रुपैयाँ चुक्त पूँजीमा ३०% हकप्रद बिक्री गर्न लागेको हो । उक्त हकप्रद बिक्रीपछि पुँजी २ अर्ब २८ करोड रुपैयाँ पुग्नेछ । इक्रा नेपालले यस हकप्रदलाई कम जोखिम जनाउने ‘इक्राएनपी आइआर सिंगल ए’ ग्रेडिङ प्रदान गरेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: