×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

शिखर इन्स्योरेन्सको हकप्रद सेयरमा बिहिबारसम्म कायम सेयरधनीले आवेदन दिन पाउने

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

शिखर इन्स्योरेन्सको हकप्रद सेयरमा बिहिबारसम्म कायम सेयरधनीले आवेदन दिन पाउने

१९ माघ २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौ । शिखर इन्स्योरेन्स कम्पनीको हकप्रद सेयरमा बिहिबारसम्म कायम सेयरधनीले आवेदन गर्न पाउने छन् । कम्पनीले हकप्रद सेयर निष्कासन प्रयोजनको लागि माघ २१ गते बुक क्लोज गरेसँगै माघ २० गते बिहिबारसम्म कायम सेयरधनीले हकप्रद सेयरमा आवेदन दिन पाउने भएका हुन् ।
कम्पनीले ३० प्रतिशत अर्थात् १ अनुपात शून्य दशमलव ३ अनुपातमा रू. १०० अंकित दरको ५२ लाख ७५ हजार ५७२ कित्ता हकप्रद सेयर निष्कासन गर्ने तयारी गरिरहेको छ । बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: