×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

इसेवा र कोजेन्ट हेल्थबीच सम्झौता, अनलाइनबाट अपोइन्टमेन्ट लिन सकिने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

इसेवा र कोजेन्ट हेल्थबीच सम्झौता, अनलाइनबाट अपोइन्टमेन्ट लिन सकिने

१६ फाल्गुन २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सानेपास्थित स्टार अस्पतालमा अनलाइनबाट अपोइन्टमेन्ट लिन सकिने सेवाको सुरूवात भएको छ । नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक इसेवा र कोजेन्ट हेल्थको सहकार्यमा सुरु भएको ई–अपोइन्टमेन्ट प्लेटफर्ममा स्टार अस्पताल आबद्ध भएसँगै अस्पतालमा अनलाइन अपोइन्टमेन्ट सेवाको सुरूवात भएको हो ।

योसँगै अबदेखि स्टार अस्पतालमा डाक्टरसँगको परामर्शका लागी अपोइन्टमेन्ट बुकीङ्ग तथा भुक्तानी इसेवा मोबाईल एप्लिकेशन मार्फत गर्न सकिने छ । इसेवा मोबाइल वालेट भित्र हेल्थ सेक्सनमा गइ स्टार अस्पताल छनोट गरि आफुलाई सहज हुने मिति र समय छनोट गरि डाक्टरको अपोइन्टमेन्ट बुक गर्न र डिजिटल रपमा तत्काल भुक्तानी गर्न सकिने छ । अपोइन्टमेन्ट प्रणालीले बिरामीलाई लाइनमा बस्नुपर्ने झन्झटबाट मुक्ती दिएको छ । अनलाइन अपोइन्टमेन्ट सेवाले अस्पतालको ओपिडी सेवाहरु चुस्त बनाउने र बिरामीहरुको सन्तुष्टी बढाउने अपेक्षा गरिएको छ । कोजेन्ट हेल्थ र इसेवाले अस्पतालहरुमा अनलाइनबाट अपोइन्टमेन्ट लिन सकिने सेवाको सुरू गरेसँगै यस प्लेटफर्ममा आबद्ध हुने अस्पतालको संख्या बढ्दो छ ।

कोजेन्ट हेल्थ प्रा.लि स्वास्थ्य सूचना प्रविधि क्षेत्रको नव प्रवर्तन कम्पनी हो । कम्पनीले इलेक्ट्रोनिक मेडिकल रेकर्ड (ईएमआर) मा आधारित अस्पताल तथा स्वास्थ्य संस्थाका व्यवस्थापनलाई पूर्ण रुपमा डिजिटलाइज गर्नका लागि प्रविधि निर्माणको काम गर्दै आएको छ । कोजेन्ट हेल्थ र ईसेवाद्धारा निर्मित ई–अपोइन्टमेन्ट र क्यूआर पेमेन्ट लगायत कोजेन्ट ईएमआर, कोजेन्ट ईएमआर वेब जस्ता प्रविधिहरु नेपाल भरका सयभन्दा बढी अस्पताल र स्वास्थ्य संस्थाहरुमा प्रयोग भइरहेका छन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी