काठमाडौं । सूर्या लाइफ इन्सुरेन्सको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा खुद नाफा २२.१७% ले घटेर १५ करोड ६६ लाख ५८ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले २० करोड १२ लाख ७१ हजार रुपैयाँ खुद नाफा कमाएको छ । एक वर्षको अवधिमा जीवन बिमा कोषको आकार ३५.३५% ले बढेर १२ अर्ब ५७ कारेड १७ लाख ५० हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसको जीवन बिमा कोषमा ९ अर्ब २८ करोड ८१ लाख २३ हजार रुपैयाँ थियो ।
यस्तै, खुद बिमा शुल्क आर्जन पनि ६.९६% ले बढेर २ अर्ब ४४ करोड ७७ लाख २७ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले २ अर्ब २८ करोड ८४ लाख ५३ हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो । प्रतिसेयर आम्दानी १२ रुपैयाँ २९ पैसा र प्रतिसेयर नेटवर्थ १२३ रुपैयाँ ५३ पैसा छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्