×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको ५ हजार ८१० कित्ता संस्थापक सेयर बाँडफाँड

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको ५ हजार ८१० कित्ता संस्थापक सेयर बाँडफाँड

२१ माघ २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको ५ हजार ८१० कित्ता संस्थापक सेयर बाँडफाँड भएको छ । कम्पनीले १ लाख ६२ हजार ४९८ कित्ता संस्थापक सेयर बिक्री खुला गरेकोमा ५ हजार ८१० कित्ता मात्र बाँडफाँड गरेको हो । कम्पनीले माघ ५ गतेदेखि १८ गतेसम्म नबिल बैंकको स्वामित्वमा रहेको उक्त सेयर बिक्री खुला गरेको थियो ।
तोकिएको अवधिभित्र प्राप्त शिलबन्दी माघ २० गते निष्काशन कम्पनी तथा विक्री प्रबन्धकको रोहबरमा खोली ५ हजार ८१० कित्ता सेयर बाँडफाँड गरेको जनाएको छ । सेयर बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेड रहेको छ । यस सेयरको अंकित मूल्य न्यूनतम ६५० रुपैयाँ तोकिएको थियो ।
सेयर खरीदका लागि बोलकबोल गर्दा न्यूनतम एक हजार कित्ताका र अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था थियो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: