×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२७.४२% ले बढ्यो स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको खुद नाफा, प्रतिसेयर आम्दानीसहित अन्य सूचक अवस्था कस्तो छ ?

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

२७.४२% ले बढ्यो स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको खुद नाफा, प्रतिसेयर आम्दानीसहित अन्य सूचक अवस्था कस्तो छ ?

२४ माघ २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको खुद नाफा २७.४२% ले बढेको छ । कम्पनीले वित्तीय विवरण सार्वजनिक गर्दै नाफा २७.४२% ले बढेर २३ करोड ५१ लाख १६ हजार रुपैयाँ पुगेको जनाएको हो । अघिल्लो वर्षको यसै अवधिमा यस कम्पनीले १८ करोड ४५ लाख २६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
पुस मसान्तसम्ममा कम्पनीको खुद ब्याज आम्दानी २०.६६% ले बढेर ७६ करोड ६२ लाख ४७ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ६३ करोड ५० लाख ३० हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यस्तै सञ्चालन नाफा ०.३१% ले बढेर २९ करोड ३८ लाख ११ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा संस्थाले २९ करोड २९ लाख १ हजार रुपैयाँ सञ्चालन नाफा कमाएको थियो ।
पुस मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी ४१ रुपैयाँ ९० पैसा र प्रतिसेयर नेटवर्थ २६० रुपैयाँ ४४ पैसा छ । खराब कनाए ७.२६% छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: