×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लगानीकर्ता पर्ख र हेरको अवस्थामा, ११.९६ अंकले घट्यो नेप्से !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २७ माघ २०७८, बिहीबार

PRIME CA
laxmi sunrise bank

लगानीकर्ता पर्ख र हेरको अवस्थामा, ११.९६ अंकले घट्यो नेप्से !

काठमाडौं । साताको कारोबारको अन्तिम दिन बिहिबार पनि नेप्से परिसूचक घटेको छ । बुधबारको तुलनामा नेप्से परिसूचक ११.९६ अंकले घटेर २८०१.५६ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार बिहिबार कुल २२७ कम्पनीको ६९ लाख ५० हजार ८३८ कित्ता सेयर खरिद बिक्री हुँदा ३ अर्ब ८२ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार नेपाल टेलिकमको भएको छ । यस कम्पनीको २५ करोड ४८ लाख ३९ हजार ५६४ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।

यस्तै बिहिबारको सेयर बजारमा मिथिला लघुवित्तका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ४ प्रतिशतभन्दा बढीले घटेको छ । मिथिलाको सेयरमा यस्तो गिरावट आउँदा ग्लोबल आइएमइ सम्मुन्नति स्किम-१, नेरुडे लघुवित्त, नेपाल फाइनान्स, बुद्ध भुमी नेपाल हाइड्रोपावरमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् बिहिबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने टप १० कम्पनीहरुको सूचीः

यसैबीच बिहिबारको बजारमा सबैभन्दा बढी कारोबार नेपाल टेलिकमको भएको छ । यस कम्पनीको २५ करोड ४८ लाख ३९ हजार ५६४ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । यस अलावा नेशनल हाइड्रोपावर, आइएर्मइ जनरल इन्स्योरेन्स, अरुण भ्याली हाइड्रोपावर, नेपाल लाइफ इन्स्योरेन्स, अपि पावर कम्पनी, हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी, अपर तामाकोशी हाइड्रोपावर, निफ्रा र शिभम् सिमेन्टको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् बिहिबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यसैगरी बिहिबारको सेयर बजारमा नबिल इक्विटी फण्डका लगानीकर्ताले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सेयर मूल्य २ प्रतिशतभन्दा बढीले बढेको हो । यस अलावा सिन्धु विकास बैंक, कुमारी इक्विटी फण्ड, एनएमबि ५०, साल्ट ट्रेडिङ कर्पोरेशका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् बिहिबार सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: