×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

धेरै दिनपछि नेप्सेमा छायो हरियाली, ५३.३० अंकले बजार बढ्दा लगानीकर्ता खुशी !

PRIME CA

धेरै दिनपछि नेप्सेमा छायो हरियाली, ५३.३० अंकले बजार बढ्दा लगानीकर्ता खुशी !

३ फाल्गुन २०७८, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । साताको कारोबारको तेस्रो दिन मंगलबार सेयर बजारमा हरियाली छाएको छ । सोमबारको तुलनामा नेप्से परिसूचक ५३.३० अंकले बढेर २७५४.२८ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार मंगलबार कुल २२४ कम्पनीको ६३ लाख ४३ हजार २२८ कित्ता सेयर खरिद बिक्री हुँदा ३ अर्ब २३ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार हिमालयन डिस्टिलरीको भएको छ । यस कम्पनीको २२ करोड ७७ लाख ३९ हजार ४९० रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।

यस्तै मंगलबारको सेयर बजारमा एनआईसी एशिया ब्यालेन्स्ड फण्डका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ३ प्रतिशतभन्दा बढीले घटेको छ । एनआईसी एशिया ब्यालेन्स्ड फण्डको सेयरमा यस्तो गिरावट आउँदा एनआईसी एशिया ग्रोथ फण्ड, सिटिजन्स म्युचुअल फण्ड-१, एनआइबिएल समृद्धि फण्ड-२, स्वाभिमान लघुवित्तमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने टप १० कम्पनीहरुको सूचीः

यसैबीच मंगलबारको बजारमा सबैभन्दा बढी कारोबार हिमालयन डिस्टिलरीको भएको छ । यस कम्पनीको २२ करोड ७७ लाख ३९ हजार ४९० रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । यस अलावा नेशनल हाइड्रोपावर, नेपाल टेलिकम, अरुण भ्याली हाइड्रोपावर, जिवन विकास लघुवित्त, अपि पावर कम्पनी, हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी, नेपाल लाइफ इन्स्योरेन्स अपर तामाकोशी हाइड्रोपावर र निफ्राको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यसैगरी मंगलबारको सेयर बजारमा न्यादी हाइड्रोपावरका लगानीकर्ताले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यस अलावा तेह्रथुम पावर कम्पनी, हिमालय उर्जा विकास कम्पनी, कालिका पावर कम्पनी, छ्याङ्दी हाइड्रोपावर, सिनर्जी पावर कम्पनीका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् मंगलबार सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: