काठमाडौं । साताको कारोबारको तेस्रो दिन मंगलबार पनि नेप्से परिसूचक बढेको छ । सोमबारको तुलनामा नेप्से परिसूचक १७.४२ अंकले बढेर २७३५.९३ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार मंगलबार कुल २२८ कम्पनीको ६० लाख ८१ हजार ६०२ कित्ता सेयर खरिद बिक्री हुँदा ३ अर्ब २१करोडमाथिको सेयर कारोबार भएको छ । आज पनि सबैभन्दा बढी कारोबार नेपाल टेलिकमको भएको छ । यस कम्पनीको २१ करोड ४९ लाख ६७ हजार ४२१ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।
यस्तै मंगलबारको सेयर बजारमा सिभिल लघुवित्तका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य १ प्रतिशतभन्दा बढीले घटेको छ । सिभिलको सेयरमा यस्तो गिरावट आउँदा नेपाल हाईड्रो डेपलोपर, मेगा म्युचुअल फण्ड-१, प्राइम लाइफ इन्स्योरेन्स, समिट लघुवित्तमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने टप १० कम्पनीहरुको सूचीः

यसैबीच मंगबारको बजारमा पनि सबैभन्दा बढी कारोबार नेपाल टेलिकमको भएको छ । यस कम्पनीको २१ करोड ४९ लाख ६७ हजार ४२१ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । यस अलावा अरुण भ्याली हाइड्रोपावर, जिवन विकास लघुवित्त, हिमालयन डिस्टिलरी, आइसिएफसी फाइनान्स, अपि पावर कम्पनी, नेशनल हाइड्रोपावर, साहस उर्जा, हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट र गोर्खाज फाइनान्सको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यसैगरी मंगलबारको सेयर बजारमा मैलुङ खोला जलविद्युत कम्पनीका लगानीकर्ताले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलावा युनाइटेड इदि मर्दी आरबि हाइड्रोपावर, सामलिङ पावर कम्पनी, तेह्रथुम हाइड्रोपावर, कर्पोरेट डेभलपमेन्ट बैंक र बरुण हाइड्रोपावरका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् मंगलबार सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्