Skip to content
LAXMI SUNRISE BANK

बिहिबार नेप्सेमा झिनो अंकको करेक्सन, ८ अर्ब ६१ करोडमाथिको सेयर कारोबार

अर्थ सरोकार

काठमाडौं । साताको कारोबारको अन्तिम दिन बिहिबार सेयर बजारमा करेक्सन देखिएको छ । मंगलबारको तुलनामा नेप्से परिसूचक १४.६० अंकले घटेर २८७६.७४ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार बिहिबार कुल २२४ कम्पनीको १ करोड ५७ लाख ८० हजार ७१३ कित्ता सेयर खरिद बिक्री हुँदा ८ अर्ब ६१ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार अरुण भ्याली हाइड्रोपावर कम्पनीको भएको छ । यस कम्पनीको ८२ करोड ७० लाख ३५ हजार ३३६ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।

यस्तै बिहिबारको सेयर बजारमा आरएमडिसि लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ३ प्रतिशतभन्दा बढीले घटेको हो ।आरएमडिसि लघुवित्त वित्तीय संस्थाको सेयरमा यस्तो गिरावट आउँदा पोखरा फाइनान्स, गोर्खाज फाइनान्स र एनएमबि हाइब्रिड फण्ड एल-१ मा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् बिहिबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने टप १० कम्पनीहरुको सूचीः

यसैबीच बिहिबारको बजारमा सबैभन्दा बढी कारोबार अरुण भ्याली हाइड्रोपावर कम्पनीको भएको छ । यस कम्पनीको ८२ करोड ७० लाख ३५ हजार ३३६ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । यस अलावा अपि पावर कम्पनी, शिखर इन्स्योरेन्स, नेशनल हाइड्रोपावर, हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी, अरुण काबेली पावर, अपर तामाकोशी हाइड्रोपावर, नेपाल लाइफ इन्स्योरेन्स, निफ्रा, सिनर्जी पावर डेभलपमेन्ट कम्पनीको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् बिहिबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यसैगरी बिहिबारको सेयर बजारमा विन लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले मनग्य पैसा छापेका छन् । यो कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलावा बुद्ध भुमी नेपाल हाइड्रोपावर, साहस उर्जा कम्पनी, अरुण भ्याली हाइड्रोपावर कम्पनी मैलुङ खोला जलविद्युत कम्पनीका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् बिहिबार सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK