काठमाडौं । साताको कारोबारको दोस्रो दिन सोमबार नेप्से परिसूचक बढेको छ । आइतबारको तुलनामा नेप्से परिसूचक २५.४१ अंकले बढेर २७१८.५१ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार सोमबार कुल २२४ कम्पनीको ४९ लाख ९२ हजार ८७९ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्ब ९९ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार नेपाल टेलिकमको भएको छ । यस कम्पनीको २६ करोड ५० लाख १३ हजार ५६० रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।
यसैगरी सोमबारको सेयर बजारमा पनि युनाइटेड इदि मर्दी आरबि हाइड्रोपावरका लगानीकर्ताले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलावा गुराँस लघुवित्त, नेपाल हाईड्रो डेपलोपर, बुद्ध भुमि नेपाल हाइड्रोपावर र साहस उर्जाका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् सोमबार सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यस्तै सोमबारको सेयर बजारमा नबिल डिबेन्चर २०८५ का लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य १ प्रतिशतभन्दा बढीले घटेको छ । नबिल डिबेन्चर २०८५ मा यस्तो गिरावट आउँदा कालिका लघुवित्त, ग्रामिण विकास लघुवित्त, कर्पोरेट डेभलपमेन्ट बैंकमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् सोमबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने टप १० कम्पनीहरुको सूचीः

यसैबीच सोमबारको बजारमा सबैभन्दा बढी कारोबार नेपाल टेलिकमको भएको छ । यस कम्पनीको २६ करोड ५० लाख १३ हजार ५६० रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । यस अलावा जिवन विकास लघुवित्त, अरुण भ्याली हाइड्रोपावर, अपि पावर कम्पनी, नेशनल हाइड्रोपावर, लाइफ इन्स्योरेन्स कम्पनी, हिमालयन डिस्टिलरी, शिभम सिमिन्ट, साहस उर्जा र हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् सोमबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्