×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मंगलबारको सेयर बजार : मैलुङ खोला जलविद्युत कम्पनीमा लाग्यो पोजेटिभ सर्किट, यी कम्पनीका सेयर होल्डर पनि मालामाल !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

मंगलबारको सेयर बजार : मैलुङ खोला जलविद्युत कम्पनीमा लाग्यो पोजेटिभ सर्किट, यी कम्पनीका सेयर होल्डर पनि मालामाल !

Artha Sarokar

१० फाल्गुन २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । साताको कारोबारको तेस्रो दिन मंगलबार पनि नेप्से परिसूचक बढेको छ । सोमबारको तुलनामा नेप्से परिसूचक १७.४२ अंकले बढेर २७३५.९३ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार मंगलबार कुल २२८ कम्पनीको ६० लाख ८१ हजार ६०२ कित्ता सेयर खरिद बिक्री हुँदा ३ अर्ब २१ करोडमाथिको सेयर कारोबार भएको छ । आज पनि सबैभन्दा बढी कारोबार नेपाल टेलिकमको भएको छ । यस कम्पनीको २१ करोड ४९ लाख ६७ हजार ४२१ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।

यसैगरी मंगलबारको सेयर बजारमा मैलुङ खोला जलविद्युत कम्पनीका लगानीकर्ताले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलावा युनाइटेड इदि मर्दी आरबि हाइड्रोपावर, सामलिङ पावर कम्पनी, तेह्रथुम हाइड्रोपावर, कर्पोरेट डेभलपमेन्ट बैंक र बरुण हाइड्रोपावरका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् मंगलबार सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यस्तै मंगलबारको सेयर बजारमा सिभिल लघुवित्तका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य १ प्रतिशतभन्दा बढीले घटेको छ । सिभिलको सेयरमा यस्तो गिरावट आउँदा नेपाल हाईड्रो डेपलोपर, मेगा म्युचुअल फण्ड-१, प्राइम लाइफ इन्स्योरेन्स, समिट लघुवित्तमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने टप १० कम्पनीहरुको सूचीः

यसैबीच मंगबारको बजारमा पनि सबैभन्दा बढी कारोबार नेपाल टेलिकमको भएको छ । यस कम्पनीको २१ करोड ४९ लाख ६७ हजार ४२१ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । यस अलावा अरुण भ्याली हाइड्रोपावर, जिवन विकास लघुवित्त, हिमालयन डिस्टिलरी, आइसिएफसी फाइनान्स, अपि पावर कम्पनी, नेशनल हाइड्रोपावर, साहस उर्जा, हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट र गोर्खाज फाइनान्सको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी