काठमाडौं । साताको कारोबारको अन्तिम दिन बिहिबार पनि नेप्से परिसूचक घटेको छ । बुधबारको तुलनामा नेप्से परिसूचक ११.९६ अंकले घटेरर २८०१.५६ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार बिहिबार कुल २२७ कम्पनीको ६९ लाख ५० हजार ८३८ कित्ता सेयर खरिद बिक्री हुँदा ३ अर्ब ८२ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार नेपाल टेलिकमको भएको छ । यस कम्पनीको २५ करोड ४८ लाख ३९ हजार ५६४ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।
यसैबीच बिहिबारको बजारमा सबैभन्दा बढी कारोबार नेपाल टेलिकमको भएको छ । यस कम्पनीको २५ करोड ४८ लाख ३९ हजार ५६४ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । यस अलावा नेशनल हाइड्रोपावर, आइएर्मइ जनरल इन्स्योरेन्स, अरुण भ्याली हाइड्रोपावर, नेपाल लाइफ इन्स्योरेन्स, अपि पावर कम्पनी, हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी, अपर तामाकोशी हाइड्रोपावर, निफ्रा र शिभम् सिमेन्टको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् बिहिबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यस्तै बिहिबारको सेयर बजारमा मिथिला लघुवित्तका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ४ प्रतिशतभन्दा बढीले घटेको छ । मिथिलाको सेयरमा यस्तो गिरावट आउँदा ग्लोबल आइएमइ सम्मुन्नति स्किम-१, नेरुडे लघुवित्त, नेपाल फाइनान्स, बुद्ध भुमी नेपाल हाइड्रोपावरमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् बिहिबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने टप १० कम्पनीहरुको सूचीः

यसैगरी बिहिबारको सेयर बजारमा नबिल इक्विटी फण्डका लगानीकर्ताले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सेयर मूल्य २ प्रतिशतभन्दा बढीले बढेको हो । यस अलावा सिन्धु विकास बैंक, कुमारी इक्विटी फण्ड, एनएमबि ५०, साल्ट ट्रेडिङ कर्पोरेशका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् बिहिबार सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्