×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आइतबार सेयर बजारमा ३९.४० अंकको गिरावट, ४ अर्ब ०८ करोडमाथिको सेयर कारोबार

PRIME CA

आइतबार सेयर बजारमा ३९.४० अंकको गिरावट, ४ अर्ब ०८ करोडमाथिको सेयर कारोबार

८ फाल्गुन २०७८, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार नेप्से परिसूचक घटेको छ । बिहिबारको तुलनामा नेप्से परिसूचक ३९.४० अंकले घटेर २६९३.१० बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आइतबार कुल २३० कम्पनीको ७१ लाख २२ हजार २९९ कित्ता सेयर खरिद बिक्री हुँदा ४ अर्ब ०८ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार जिवन विकास लघुवित्तको भएको छ । यस कम्पनीको ५८ करोड ०२ लाख २३ हजार ४५० रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।

यस्तै आइतबारको सेयर बजारमा नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ४ प्रतिशतभन्दा बढीले घटेको छ । नारायणीको सेयरमा यस्तो गिरावट आउँदा युनाईटेड इन्स्योरेन्स, रुरु जलविद्युत कम्पनी, प्रिमियर इन्स्योरेन्स र आइएमई जनरल इन्स्योरेन्समा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् आइतबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने टप १० कम्पनीहरुको सूचीः

यसैबीच आइतबारको बजारमा सबैभन्दा बढी कारोबार जिवन विकास लघुवित्तको भएको छ । यस कम्पनीको ५८ करोड ०२ लाख २३ हजार ४५० रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । यस अलावा नेपाल टेलिकम, अरुण भ्याली हाइड्रोपावर, अपि पावर कम्पनी, हिमालयन डिस्टिलरी, नेशनल हाइड्रोपावर, हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी, अपर तामाकोशी, नेपाल लाइफ इन्स्योरेन्स र निफ्राको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् आइतबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यसैगरी आइतबारको सेयर बजारमा युनाइटेड इदि मर्दी आरबि हाइड्रोपावरका लगानीकर्ताले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलावा तेह्रथुम पावर कम्पनी, सामलिङ पावर, नेपाल फाइनान्स, जिवन विकास लघुवित्त र नेपाल टेलिकमका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् आइतबार सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: