×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सोमबार बुद्धभुमी नेपाल हाइड्रोपावरसहितका कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

सोमबार बुद्धभुमी नेपाल हाइड्रोपावरसहितका कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक

Artha Sarokar

२ फाल्गुन २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । साताको कारोबारको दोस्रो दिन सोमबार सेयर बजार सामान्य अंकले बढेको छ । आइतबारको तुलनामा नेप्से परिसूचक ०.०८ अंकले बढेर २७००.९८ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार सोमबार कुल २२७ कम्पनीको ७५ लाख ४९ हजार ७७९ कित्ता सेयर खरिद बिक्री हुँदा ३ अर्ब ६८ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार नेशनल हाइड्रोपावरको भएको छ । यस कम्पनीको ५४ करोड ९१ लाख ९३ हजार २४५ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।
यसैगरी सोमबारको सेयर बजारमा बुद्दभुमी नेपाल हाइड्रोपावर कम्पनीका लगानीकर्ताले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सेयर मूल्य ८ प्रतिशतभन्दा बढीले बढेको हो । यस अलावा सपोर्ट माइक्रोफाइनान्स कम्पनी र नेशनल हाइड्रोपावरका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् सोमबार सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः
यस्तै सोमबारको सेयर बजारमा मैलुङ खोला जलविधुतका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ३ प्रतिशतभन्दा बढीले घटेको छ । मैलुङको सेयरमा यस्तो गिरावट आउँदा प्रिमियर इन्स्योरेन्स कम्पनी, नेपाल इन्स्योरेन्स कम्पनीमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् सोमबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने टप १० कम्पनीहरुको सूचीः 
यसैबीच सोमबारको बजारमा सबैभन्दा बढी कारोबार नेशनल हाइड्रोपावरको भएको छ । यस कम्पनीको ५४ करोड ९१ लाख ९३ हजार २४५ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । यस अलावा नेपाल टेलिकम, अरुण भ्याली हाइड्रोपावर, अपि पावर कम्पनी, हिमालयन डिस्टिलरी, निफ्रा, हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी, अपर तामाकोशी हाइड्रोपावर, नेपाल लाइफ इन्स्योरेन्स र नबिल बैंकको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस्  सोमबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः 
CITIZEN LIFE INSURANCE
National Life Insurance
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी