×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

आइतबारको बजार अपडेट : अपरमा लगानी गर्नेले सर्वाधिक गुमाए, यी १० कम्पनीका लगानीकर्ता पनि बने निराश !

काठमाडौं । काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार नेप्से परिसूचक घटेको छ । बिहिबारको तुलनामा नेप्से परिसूचक १००.६७ अंकले घटेर २७००.८७ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आइतबार कुल २२७ कम्पनीको १ करोड १६ लाख ६१ हजार ६३९ कित्ता सेयर खरिद बिक्री हुँदा ५ अर्ब ९७ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार अपर तामाकोशी हाइड्रोपावरको भएको छ । यस कम्पनीको ३२ करोड ८४ लाख ८ हजार ९४४ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।

यस्तै आइतबारको सेयर बजारमा अपर तामाकोशी हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ८ प्रतिशतभन्दा बढीले घटेको छ । अपरको सेयरमा यस्तो गिरावट आउँदा नारायणी डेभलपमेन्ट बैंक, शिभ श्री हाइड्रोपावर, विन नेपाल लघुवित्त, बुद्ध भुमी नेपाल हाइड्रोपावरमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् आइतबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने टप १० कम्पनीहरुको सूचीः

यसैबीच आइतबारको बजारमा सबैभन्दा बढी कारोबार अपर तामाकोशी हाइड्रोपावरको भएको छ । यस कम्पनीको ३२ करोड ८४ लाख ८ हजार ९४४ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । यस अलावा अरुण भ्याली हाइड्रोपावर, निफ्रा, नेशनल हाइड्रोपावर, अपि पावर कम्पनी, नेपाल टेलिकम, हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी, नेपाल लाइफ इन्स्योरेन्स, एनआईशी एशिया बैंक, हिमालयन डिस्टिलरी को पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् आइतबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यसैगरी आइतबारको सेयर बजारमा एनआईबिएल समृद्धि फण्ड-२ का लगानीकर्ताले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सेयर मूल्य १ प्रतिशतभन्दा बढीले बढेको हो । यस अलावा सनराईज ब्लुचिप फण्ड, नबिल ब्यालेन्स्ड फण्ड, मेगा म्युचुअल फण्ड र लक्ष्मी उन्नती कोषका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् आइतबार सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: