×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

६.११% ले घट्यो विजय लघुवित्तको नाफा, प्रतिसेयर आम्दानी ४२ रुपैयाँ ७९ पैसा हुँदा अन्य सुचकको अवस्था कस्तो ?

GLOBAL IME BANK
SHREE KESH

६.११% ले घट्यो विजय लघुवित्तको नाफा, प्रतिसेयर आम्दानी ४२ रुपैयाँ ७९ पैसा हुँदा अन्य सुचकको अवस्था कस्तो ?

२३ माघ २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । विजय लघुवित्तको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा नाफा ६.११% ले घटेर ६ करोड ८४ लाख ५९ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ७ करोड २९ लाख १३ हजार रुपैयाँ नाफा कमाएको थियो । यसअवधिमा संस्थाको खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढे पनि गैर सञ्चालन आम्दानी घट्दा खुद नाफा सामान्य प्रभावित भएको हो ।

यस्तै, खुद ब्याज आम्दानी २३.२२% ले बढेर १९ करोड १५ लाख ३४ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले १५ करोड ५४ लाख ३५ हजार रुपैयाँ खुद ब्याज आम्दानी कमाएको थियो । सञ्चालन नाफा १२.३८% ले बढेर ९ करोड ६१ लाख ५१ हजार रुपैयाँ पुगेको छ । गत वर्ष यसले ८ करोड ५५ लाख ५८ हजार रुपैयाँ सञ्चालन नाफा कमाएको थियो ।

यता, १३ लाख ८४ हजार रुपैयाँ नाफामा रहेको गैर सञ्चालन आम्दानी यो वर्ष २३ हजार रुपैयाँ ऋणात्मक छ । खराब कर्जा १.४२% ले बढेर ४.६३% पुगेको छ । पुस मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी ४२ रुपैयाँ ७९ पैसा र प्रतिसेयर नेटवर्थ १६० रुपैयाँ १३ पैसा छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: