×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लाभांश पारित गर्ने एजेन्डासहित आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले चैत २७ गते बोलायो वार्षिक साधारणसभा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

लाभांश पारित गर्ने एजेन्डासहित आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले चैत २७ गते बोलायो वार्षिक साधारणसभा

Artha Sarokar

६ चैत्र २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारणसभा चैत २७ गते हुने भएको छ । सभा बनेपा पार्टी भेन्यु, काभ्रपलाञ्चोकमा बिहान ११ बजे हुने भएको हो । कम्पनीले सभामा गत वर्षको नाफाबाट २१% बोनस सेयर वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।
बोनस वितरणपछि चुक्ता पूँजी वृद्धि हुने भएकोले प्रबन्धपत्र तथा नियमावली संसोधन गर्ने एजेन्डा पनि रहेको छ । यस्तै अन्य कुनै लघुवित्तसँग मर्जर वा एक्विजिसनमा जानु परेका सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिइने भएको छ ।
साथै आर्थिक वर्ष २०७७/७८ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ । आर्थिक वर्ष २०७८/७९ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ ।
सभाका लागि कम्पनीले चैत १७ गतेदेखि २७ गतेसम्म बुक क्लोज गर्ने भएको छ । १६ चैतसम्म कायम रहने सेयरधनीले मात्र प्रस्तावित बोनस सेयर पाउनेछन् ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी