काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने बुधबार अन्तिम दिन रहेको छ । भोलि कार्यालय समय भित्र सेयर किन्नेहरुले कम्पनीको २१ प्रतिशत बोनस सेयर पाउने भएका हुन् ।
कम्पनीले साधारणसभा र लाभांश वितरण प्रयोजनको लागि चैत १७ गतेदेखि २७ गतेसम्म बुक क्लोज गरेकाले चैत १६ गते बुधबारसम्म कायम सेयरधनीले सभामा भाग लिन र लाभांश पाउने छन् । कम्पनीले गत आवसम्मको मुनाफाबाट सेयरधनीलाई २१ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ ।
उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले चैत २७ गते साधारणसभा बोलाएको छ । कम्पनीको सभा बनेपा पार्टी भेन्यू, बनेपा – ८, काभ्रेपालञ्चोकमा हुने भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्