×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

तारागाउँ रिजेन्सी होटल्सको २५औं वार्षिक साधारणसभा चैत २७ गते, लगानीकर्ताहरुलाई छैन लाभांश

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ४ चैत्र २०७८, शुक्रबार

PRIME CA
laxmi sunrise bank

तारागाउँ रिजेन्सी होटल्सको २५औं वार्षिक साधारणसभा चैत २७ गते, लगानीकर्ताहरुलाई छैन लाभांश

काठमाडौं । तारागाउँ रिजेन्सी होटल्सको २५औं वार्षिक साधारणसभा चैत २७ गते हुने भएको छ । सभा तारागाउँको रजिष्टर्ड कार्यालय, बौद्ध काठमाडौंमा बिहान ११ बजे सुरु हुने भएको हो । सभा भर्चुअल माध्यमबाट हुने कम्पनीले जनाएको छ ।
यस्तै सभामा २०७७/७८ को नाफा नोक्सान हिसाबकिताब सम्बन्धमा छलफल गरी पारित गर्ने एजेन्डा रहेको छ । साथै सभाले २०७८­/७९ को लागि लेखा परीक्षकको नियुक्ति र पारिश्रमिक तोक्नेछ । तारागाउँले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई लाभांश भने वितरण नगर्ने भएको छ । होटल्सले लाभांशबिनै सभा बोलाएको हो ।
सभाले आईसिटिसी होल्डिङ्ग कम्पनी प्रालिबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालक दिजा श्रेष्ठको स्थानमा जयादिन श्रेष्ठको नियुक्तिलाई अनुमोदन समेत गर्नेछ । होटल्सले सभाको लागि चैत्र १२ गतेदेखि चैत्र २७ गतेसम्म बुक क्लोज हुनेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: