×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

चैत २५ गतेदेखि अपि पावर कम्पनीको १ करोड ८ लाख ६० हजार कित्ता हकप्रद सेयर आउँदै, कहिले हुन्छ बुक क्लोज ?

काठमाडौं । अपि पावर कम्पनीले चैत २५ गतेदेखि हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले कुल १ करोड ८ लाख ६० हजार कित्ता हकप्रद सेयर जारी गर्ने भएको हो । यद्यपि कम्पनीले सो सेयर बिक्रीका लागि चैत १४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।
त्यसैले चैत १३ गतेसम्म कायम सेयरधनीले कम्पनीले जारी गर्न लागेको हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् । अपिले हकप्रद सेयरमा वैशाख १५ गतेसम्म आवेदन दिन सकिने जनाएको छ । यसमा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटलले गर्नेछ ।
हकप्रद सेयरमा मुक्तिनाथ क्यापिटल, अपि पावर कम्पनी, ट्रेड टावर थापाथली तथा मुक्तिनाथ विकास बैंकको इटहरी, पोखरा, नागढुंगा, नारायणगढ, सुर्खेत, नेपालगंज, धनगढी र जनकपुर शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । साथै मेरो सेयर सफ्टवेयरमार्फत अनलाइनबाट आवेदन दिन सकिनेछ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: