×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अपि पावरले १ करोड ८ लाख ६० हजार कित्ता हकप्रद सेयर बिक्री गर्ने, चैत १४ गते हुँदैछ बुक क्लोज

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

अपि पावरले १ करोड ८ लाख ६० हजार कित्ता हकप्रद सेयर बिक्री गर्ने, चैत १४ गते हुँदैछ बुक क्लोज

४ चैत्र २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । अपि पावर कम्पनीले हकप्रद सेयरको लागि चैत १४ गते बुक क्लोज गर्ने भएको छ । कम्पनीको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले चैत १४ गते बुक क्लोज गर्ने निर्णय गरेको हो ।
चैत ११ गतेसम्म कायम सेयरधनीले कम्पनीले जारी गर्न लागेको ३९.३६% हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् ।कम्पनीले १०ः३.९३६ अनुपातमा १ अर्ब ८ करोड ६० लाख रुपैयाँ बराबरको १ करोड ८ लाख ६० हजार कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो ।
जसमा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटलले गर्नेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: