काठमाडौं । कहिले चल्ने, कहिले नचल्ने, सेयर बजार अलि बढ्न खोजेपछि समस्या आइहाल्ने, कतै समस्या आउने फेरी ठुलाले कारोबार गर्न पनि मिल्ने खालको थोत्रो टिएमएसमाथि अर्थमन्त्रालयले चासो देखाएको छ । फागुन ३० गते सोमबार सेयर बजार खुलेको २ घन्टापछि कारोबार रोकिएको घटनाको चौतर्फी विरोध भएपछी अर्थमन्त्रालयले पनि यस विषयमा चासो देखाएको हो । शनिबार अर्थमन्त्रालयमा भएको विकास समस्या समाधान समितिको बैठ्कमा सेयर कारोबार रोक्नु गम्भीर भएको भन्दै अर्थमन्त्री जनार्दन शर्माले तत्काल छानबिन गर्न निर्देशन दिएका हुन् ।
‘केही दिनअघि नेप्से बन्द भएको कुरा गम्भीर हो । यो सामान्य बिषय होइन, त्यसैले अहिलेको नेतृत्वले यो समस्या समाधान गरोस्’ उनले भने, ‘यो प्राविधिक विषय मात्र होइन जस्तो लाग्छ । यो समग्र पुँजी बजारलाई नै असर गरेको छ ।’
यता राजस्व सचिव कृष्णहरि पुस्कर पनि यो विषयमा गम्भीर देखिएका छन् । उनले पनि सेयर बजार बन्द भएको बिषयमा जनताले दोषी थाहा पाउने गरी छानबिन गर्न कडा निर्देशन दिएका छन् ।
नेप्सेले ब्रोकर डाटा सेन्टरमा आएको समस्या आएको भन्दै कारोबार रोकी अन्तत: बजार बन्द भएको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्